दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १२ स्थित अर्नाहा चौकमा मोटरसाईकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
बोदेबर्साइन नगरपालिबाट राजविराजतर्फ तिब्र गतिमा आउँदै गरेको स.१०प.४३०४ नम्बरको मोटरसाईकलले ठक्कर दिदा शम्भुनाथ नगरपालिका १२ निवासी पैदल यात्री ३५ वर्षिया बविता मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आईतवार साँझ भएको सो दुर्घटनामा गम्भीर घाईते भएकी उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा प्रारम्भीक उपचारपछि विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । उपचार कै क्रममा सोमवार विहान उनको मृत्यु भएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
ठक्कर दिने मोटरसाईकल चालक बोदेबर्साइन नगरपालिका ५ का २४ वर्षिय मो.अख्तर फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै सोमबार जिल्लाको बोदेबर्साइन नगरपालिका ५ भाटिनस्थित हुलाकी सडक खण्डमा पार्किङ्ग गरि राखेको ट्रकमा मोटरसाइकल ठोकिदा चालक घाइते भएका छन ।
पुर्बबाट पश्चिमतर्फ जादै गरेको मधेश प्रदेश ०१–००४प.२२०२ नं.को मोटरसाइकल बाटोको दक्षिण साईडमा पार्किङ गरी राखेको ना.५ख.१५६० नं. को ट्रकमा ठोकिदा चालक बोदेबर्साइन नगरपालिका ३ कुशमाहर बस्ने २२ वर्षिय सोभित कुमार मण्डल घाइते भएका हुन् ।
उनको टाउकोमा चोट र बाया खुट्टाको पैताला काटेको अवस्थामा स्थानिय जिवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको छ ।
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु, ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते
सारांश
- बोदेबर्साइन नगरपालिबाट राजविराजतर्फ तिब्र गतिमा आउँदै गरेको स.
- १०प.
- ४३०४ नम्बरको मोटरसाईकलले ठक्कर दिदा शम्भुनाथ नगरपालिका १२ निवासी पैदल यात्री ३५ वर्षिया बविता मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया