दैनिक समाचारदाता
राजबिराज, २७ पुस ।
२९८ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस आईतबार राजविराजमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले पृथ्वी नारायाण शाहले राष्ट्रका लागी गरेको योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य सुभासचन्द्र झाले विगतमा राष्ट्रिय एकताका प्रतिक पृथ्वी नरायण शाहको जन्मजयन्ती मनाउँदा दिईने गरिएको विदा कटौती गरिनु दुर्गाग्य पुर्ण भएको बताए । उनले यसलाई सच्याई आजका दिन सार्वजनिक विदा दिनुपर्ने सरकारसँग माग समेत गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष बिनोद पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य ललिता मण्डल, क्षेत्रिय सभापति परमेश्वर साह, तेज नारायण साह, जागेश्वर यादव, भिमदलगणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर लगायतले समेत पृथ्वी नारायण शाहका दिव्य उपदेशहरु आधुनिक नेपाल निर्माणको प्रकृयामा आज पनि उतिकै महत्वपूर्ण रहेको बताए । आयोजित कार्यक्रम बद्री नारायण झाले संचालन गरेका थिए ।
राष्ट्रिय एकता दिवस मनाइयो
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले पृथ्वी नारायाण शाहले राष्ट्रका लागी गरेको योगदान बारे चर्चा गरेका थिए ।
- कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य सुभासचन्द्र झाले विगतमा राष्ट्रिय एकताका प्रतिक पृथ्वी नरायण शाहको जन्मजयन्ती मनाउँदा दिईने गरिएको विदा कटौती गरिनु दुर्गाग्य पुर्ण भएको बताए ।
- उनले यसलाई सच्याई आजका दिन सार्वजनिक विदा दिनुपर्ने सरकारसँग माग समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया