राजगढमा सभागृह बन्दै

राजविराज राजविराज
|
मंगलबार, आषाढ १७, २०८२
|
|
२५ पटक हेरिएको
Shares
राजगढमा सभागृह बन्दै

सारांश

  •     सोमबार उक्त सभागृहको छत ढलान कार्यको शुभारम्भ गरिएको छ ।
  • ढलान कार्यको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले सभागृह नहुँदा विभिन्न कार्यक्रम आयोजना गर्न समस्या भएकाले सुविधा सम्पन्न सभागृह बनाउन लागिएको बताए ।
  •     दुईसय जना अटाउने क्षमता भएको सभागृहमा क्यान्टिन, खानेपानी, पार्किङ्ग लगायतका सुविधा रहने प्रमुख प्रशासकीय अधिकृत सरोज झाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १६ असार । 

    सप्तरीको राजगढ गाउँपालिकामा सभागृह निर्माण हुने भएको छ । आर्थिक बर्ष २०८१÷०८२ मा सभागृह भवनका लागि आवश्यक बजेट विनियोजन गरिेएको हो ।
    सोमबार उक्त सभागृहको छत ढलान कार्यको शुभारम्भ गरिएको छ । ढलान कार्यको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले सभागृह नहुँदा विभिन्न कार्यक्रम आयोजना गर्न समस्या भएकाले सुविधा सम्पन्न सभागृह बनाउन लागिएको बताए ।
    दुईसय जना अटाउने क्षमता भएको सभागृहमा क्यान्टिन, खानेपानी, पार्किङ्ग लगायतका सुविधा रहने प्रमुख प्रशासकीय अधिकृत सरोज झाले जानकारी दिए ।
    सो अवसरमा गाउँपालिका उपाध्यक्ष रेणु मंण्ल, लेखा अधिकृत लिला कार्की, राष्ट्रिय मुक्ति पार्टीका राजनीतिक समिति सदस्य गजेन्द्र मण्डल, वडाध्यक्ष अशोक साह लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?