दैनिक समाचारदाता
राजविराज, १७ असार ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म ऋण दिने ब्यवस्था गरिएको बताएका छन् ।
गाउँपालिकाको कृषि विकास शाखाद्वारा वडा नं. २ लौनियाँमा सोमबार आयोजित समूह सञ्चालन एवम् परिचालन गोष्ठी तथा किसान सुचिकरण प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलले सो कुरा बताएका हुन् ।
उनले कृषि क्षेत्रको विकासका लागि कसैले पनि पक्षविपक्ष गर्न नहुने बताउँदै कृषिका लागि विभिन्न योजनाहरु ल्याएको जानकारी समेत गराए ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कमलकुमार मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व वडा अध्यक्ष खगेन्द्र मण्डल, वडा सदस्य रामसेवक मण्डलसहितकाले आफ्नो विचार ब्यक्त गरेका थिए ।
सो कार्यक्रममा कृषि विकास अधिकृतद्वय उदयकान्त झा र अशोक कुमार मण्डल, कार्यक्रम अधिकृत राजेश कुमार झासहितकाले समूह सञ्चालन, परिचालन तथा किसान सुचिकरण सम्बन्धी सहजीकरण गरेका थिए ।
पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म ऋण दिने ब्यवस्था छ ः अध्यक्ष मण्डल
सारांश
- गाउँपालिकाको कृषि विकास शाखाद्वारा वडा नं.
- २ लौनियाँमा सोमबार आयोजित समूह सञ्चालन एवम् परिचालन गोष्ठी तथा किसान सुचिकरण प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलले सो कुरा बताएका हुन् ।
- उनले कृषि क्षेत्रको विकासका लागि कसैले पनि पक्षविपक्ष गर्न नहुने बताउँदै कृषिका लागि विभिन्न योजनाहरु ल्याएको जानकारी समेत गराए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया