दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
शिक्षा ऐनको मस्यौदा तथा सरकार संग विगतमा भएको ३० र ५१ बुंदे सहमतीमा सुधार माग्दै मंगलवार सप्तरीका शिक्षक र विद्यालय कर्मचारी राजविराजस्थित जिल्ला शिक्षा विकास समन्वय एकाई शाखामा धर्नामा वसेका छन् ।
कार्यालयको मुल गेट मै १८ वटै पालिकाबाट आएका शिक्षक र विद्यालय कर्मचारी धर्नाम वसेपछी कार्यालयको कामकाज ठप्प भयो भने जिल्लाभरका सरकारी विद्यालयको पठनपाठन प्रभावित बन्यो ।
जिल्ला स्थित शिक्षक महासंघको अगुवाईमा विहान ११ बजे देखी ३ बजे सम्म धर्ना कार्यक्रम गरिएको छ । यस अघि २८ साउनमा सम्बन्धित पालिका मै ४ घण्टा धर्ना तथा पालिका प्रमुख मार्फत आपूmहरुको जायज माग सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण पत्र पठाउँदा पनि कुनै सुनवाई नभएकाले आन्दोलनलाई निरन्तरता दिइएको शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादवले बताए ।
उनले अहिले सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केही दफाहरु संविधान प्रदत ट्रेड युनियन अघिकार, शिक्षक–कर्मचारीको पेशागत सुृरक्षा र स्वभिमानको खिलाफ रहेको बताए ।
मस्यौदामा नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच भएको ३० र ५१ बुंदे सहमतीमा शिक्षक र विद्यालय कर्मचारीको सबै मुदा उचित ढंगले समेटिन न सकिएको आन्दोलनरत शिक्षक र कर्मचारीको भनाई छ ।
विद्यालय शिक्षा ऐन २०८० को मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साविक उमावी, बालकक्षा, विषेश कक्षा, शिक्षण शिकाई, अनुदान प्राविधीकधार, संस्थागत विद्यालय शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै माग मुद्दाको सम्बोधन हुन नसकेको उनीहरुको भनाई छ ।
शिक्षक र विद्यालय कर्मचारी धर्नामा
सारांश
- कार्यालयको मुल गेट मै १८ वटै पालिकाबाट आएका शिक्षक र विद्यालय कर्मचारी धर्नाम वसेपछी कार्यालयको कामकाज ठप्प भयो भने जिल्लाभरका सरकारी विद्यालयको पठनपाठन प्रभावित बन्यो ।
- जिल्ला स्थित शिक्षक महासंघको अगुवाईमा विहान ११ बजे देखी ३ बजे सम्म धर्ना कार्यक्रम गरिएको छ ।
- यस अघि २८ साउनमा सम्बन्धित पालिका मै ४ घण्टा धर्ना तथा पालिका प्रमुख मार्फत आपूmहरुको जायज माग सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण पत्र पठाउँदा पनि कुनै सुनवाई नभएकाले आन्दोलनलाई निरन्तरता दिइएको शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया