दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
राजविराज वडा नं. २ स्थित लिटील फ्लावर सेकेन्ड्री स्कुलमा कक्षा ८ मा अध्यनरत १२ वर्षिया प्रतिक्षा देव गत असोज २४ गते विहान ५ बजे देखी सम्र्पक विहीन छन ।
घरबाट निस्केको १२ औं दिन सम्म पनि नफर्कीपछि राजविराज नगरपालिका वडा नं. ११ फर्सेठ घर भएकी उनका परिवारजन चिन्तामा डुबेका छन् ।
प्रतिक्षाका बुबा भुपेन्द्र प्रसाद देवले खोजतलास गर्दा पनि कुनै खबर नपाएपछी दुई दिन अघि मात्र जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएका छन् ।
आफुहरु तथा प्रहरीले खोजतलास गरिरहेकै वेला सोमवार राजविराज नगरपालिका वडा नं. ६ थानगाछी टोलमा डेरा लिई वस्ने २२ वर्षिय अमित यादवले अज्ञात स्थलबाट छोरीसंगैको फोटो फेसबुकमा सार्वजनिक गरेपछी आफु चकित परेको उनले सुनाए ।
उनले जिल्ला प्रहरी कार्यालयमा दिएको अर्काे उजुरीमा यादवले प्रलोभन र प्रेम जालमा फसाएर नाबालिग छोरीलाई भगाएको उल्लेख गरेका छन ।
बुवा भुपेन्द्रले उमेर नपुगेकी नाबालिकलाई प्रेमजालमा फसाउँने अनि भगाएर लाने प्रवृति रोक्न पनि भगाउने केटामाथी कारवाही हुनुपर्ने माग गरेका छन् ।
उक्त प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी निरिक्षक प्रमोद कुमार साहले प्रतिक्षा र अमितको हुलिया सहितको सम्पुर्ण विवरण अन्य प्रहरी कार्यालयहरुमा समेत पठाई व्यापक रुपमा खोजी कार्य भइरहेको बताए ।
यस क्रममा नावालिक भगाउने अमितका आमासँग पनि सोधपुछ गरी आवश्यक जानकारी लिने काम भएको उनको कथन छ । १२ वर्षको कलिलो उमेरमा कुनै किशोरी यसरी फेसबुक मार्फत प्रेम सम्बन्धमा जोडिएको र भागेको घटना सम्भवत जिल्लाकै पहिला घटना हो ।
१२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
सारांश
- घरबाट निस्केको १२ औं दिन सम्म पनि नफर्कीपछि राजविराज नगरपालिका वडा नं.
- ११ फर्सेठ घर भएकी उनका परिवारजन चिन्तामा डुबेका छन् ।
- प्रतिक्षाका बुबा भुपेन्द्र प्रसाद देवले खोजतलास गर्दा पनि कुनै खबर नपाएपछी दुई दिन अघि मात्र जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया