दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
विप्लव नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दका कारण सप्तरीको जनजिवन आंशिक रुपमा प्रभावित भएको छ ।
पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको बिरोधमा गरिएको नेपाल बन्दका कारण लामो तथा छोटो दुरीका यातायात र शिक्षण संस्थामा भने पूर्ण रुपमा बन्द रहेको थियो ।
सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीका यात्रुबाहक बस र माइक्रो संचालनमा आएनन् भने शिक्षण संघसंस्थाहरु पूर्ण रुपमा ठप्प रहे । यद्दपी मुख्य बजार र ग्रामिण क्षेत्रमा छोटो दुरीमा चल्ने टेम्पो र सिटी रिक्सा फाटफुट रुपमा संचालनमा देखियो ।
यता बन्दको असर कलकारखाना, उद्योगधन्दा, पसल र बजारमा आंशिक देखिए पनि पार्टीका स्थानिय नेता÷कार्यकर्ता सडकमा कमै देखिए पनि फोन मार्फत बन्दको अवज्ञा नगर्न सचेत गराएपछि यातायात र शिक्षण संस्थामा असर परेको हो ।
पेट्रोलियम पदार्थमा पटक पटक मुल्य बृद्धि हुँदा हरेक क्षेत्रमा महँगीको असर परेकाले मुल्यबृद्धि फिर्ता नलिए आन्दोलन थप सशक्त बनाउँदै लैजाने सो पार्टीका नेता÷कार्यकर्ताले बताएका छन् ।
बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प
सारांश
- पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको बिरोधमा गरिएको नेपाल बन्दका कारण लामो तथा छोटो दुरीका यातायात र शिक्षण संस्थामा भने पूर्ण रुपमा बन्द रहेको थियो ।
- सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीका यात्रुबाहक बस र माइक्रो संचालनमा आएनन् भने शिक्षण संघसंस्थाहरु पूर्ण रुपमा ठप्प रहे ।
- यद्दपी मुख्य बजार र ग्रामिण क्षेत्रमा छोटो दुरीमा चल्ने टेम्पो र सिटी रिक्सा फाटफुट रुपमा संचालनमा देखियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया