कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव

राजविराज राजविराज
|
बिहिबार, भाद्र २७, २०८१
|
|
१०३ पटक हेरिएको
Shares
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव

सारांश

  •     मधेश प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रदेशसभा सदस्य समेत रहेको पूर्वमन्त्री यादवले राजविराजस्थित कृषि विश्वविद्यालयको बारे आम जनतामा भ्रम फैलाउने.
  • काम भएको बताए ।
  •     उनले जनता समाजवादी पार्टी नेपालका नेताहरुप्रति लक्षित गर्दे वर्तमान सरकारले १० लाख मात्रै बजेट विनियोजन गरेर विश्वविद्यालयलाई समाप्त पार्न खोजेको भ्रम फैलाउनु गलत भएको उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, २७ भदौ । 

    जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको बताएका छन् ।
    मधेश प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रदेशसभा सदस्य समेत रहेको पूर्वमन्त्री यादवले राजविराजस्थित कृषि विश्वविद्यालयको बारे आम जनतामा भ्रम फैलाउने. काम भएको बताए ।
    उनले जनता समाजवादी पार्टी नेपालका नेताहरुप्रति लक्षित गर्दे वर्तमान सरकारले १० लाख मात्रै बजेट विनियोजन गरेर विश्वविद्यालयलाई समाप्त पार्न खोजेको भ्रम फैलाउनु गलत भएको उल्लेख गरे ।
    ‘अहिले पनि विश्वविद्यालयको खातामा ३२ करोड छ’ यादवले भने, ‘जनतालाई गलत ट्रिट गर्ने प्रयास नगर्नुस् ।’ विश्वविद्यालयलाई निजिकरण र पार्टीकरण गर्न खोजिएको आरोप लगाउँदै उनले मधेश सरकारको गौरबको योजनाहरुको स्वामित्व सबैले लिनुपर्नेमा जोड दिए । 
    जसपा नेपालप्रति इंगित गर्दै २०७८ साल फागुन १० मा सिनेटको पहिलो बैठकका निर्णय समेत प्रमाणिकारण नहुँद राजिष्ट्रर उपकूलपतिले सो निर्णय कार्यान्वय गर्दा अख्तियार सतर्कता केन्द्रले पत्राचार गरेको बताउँदै जन्म नहुँदै समाप्त हुने अवस्थामा पुगेको कृषि विश्वविद्यालयलाई आफूले जोगाएको बताए ।
    ‘२०८० साल असार ७ मा दोश्रो सिनेटको बैठक सहकूलपतिको नाताले आफ्नो अध्यक्षमा भएको र ताल्चा लाग्ने अवस्थामा पुगिसकेका विश्वविद्यालयलाई निर्णय प्रमाणिकरण गरेर आफूले जोगाएको हुँ’ प्रदेशसभा बैठकमा यादवले भने ।
    कृषि विश्वविद्यालयमा विद्यार्थी भर्ना र परीक्षाका लागि बोर्ड समेत गठन नभएर भिसी रजिष्ट्रारले ‘वन म्यान आर्मी जस्तो’ कार्यविधि बाहिरको काम गर्नु गलत भएको त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
    जनता समाजवादी पार्टी नेपालले कृषि विश्वविद्यालयकमा न्यून बजेट विनियोजन गरिएको विषयलाई लिएर बुधबार मधेश प्रदेश प्रदेशका आठवटै प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी