कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव

राजविराज राजविराज
|
बिहिबार, भाद्र २७, २०८१
|
|
५९ पटक हेरिएको
Shares
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव

सारांश

  •     मधेश प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रदेशसभा सदस्य समेत रहेको पूर्वमन्त्री यादवले राजविराजस्थित कृषि विश्वविद्यालयको बारे आम जनतामा भ्रम फैलाउने.
  • काम भएको बताए ।
  •     उनले जनता समाजवादी पार्टी नेपालका नेताहरुप्रति लक्षित गर्दे वर्तमान सरकारले १० लाख मात्रै बजेट विनियोजन गरेर विश्वविद्यालयलाई समाप्त पार्न खोजेको भ्रम फैलाउनु गलत भएको उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, २७ भदौ । 

    जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको बताएका छन् ।
    मधेश प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रदेशसभा सदस्य समेत रहेको पूर्वमन्त्री यादवले राजविराजस्थित कृषि विश्वविद्यालयको बारे आम जनतामा भ्रम फैलाउने. काम भएको बताए ।
    उनले जनता समाजवादी पार्टी नेपालका नेताहरुप्रति लक्षित गर्दे वर्तमान सरकारले १० लाख मात्रै बजेट विनियोजन गरेर विश्वविद्यालयलाई समाप्त पार्न खोजेको भ्रम फैलाउनु गलत भएको उल्लेख गरे ।
    ‘अहिले पनि विश्वविद्यालयको खातामा ३२ करोड छ’ यादवले भने, ‘जनतालाई गलत ट्रिट गर्ने प्रयास नगर्नुस् ।’ विश्वविद्यालयलाई निजिकरण र पार्टीकरण गर्न खोजिएको आरोप लगाउँदै उनले मधेश सरकारको गौरबको योजनाहरुको स्वामित्व सबैले लिनुपर्नेमा जोड दिए । 
    जसपा नेपालप्रति इंगित गर्दै २०७८ साल फागुन १० मा सिनेटको पहिलो बैठकका निर्णय समेत प्रमाणिकारण नहुँद राजिष्ट्रर उपकूलपतिले सो निर्णय कार्यान्वय गर्दा अख्तियार सतर्कता केन्द्रले पत्राचार गरेको बताउँदै जन्म नहुँदै समाप्त हुने अवस्थामा पुगेको कृषि विश्वविद्यालयलाई आफूले जोगाएको बताए ।
    ‘२०८० साल असार ७ मा दोश्रो सिनेटको बैठक सहकूलपतिको नाताले आफ्नो अध्यक्षमा भएको र ताल्चा लाग्ने अवस्थामा पुगिसकेका विश्वविद्यालयलाई निर्णय प्रमाणिकरण गरेर आफूले जोगाएको हुँ’ प्रदेशसभा बैठकमा यादवले भने ।
    कृषि विश्वविद्यालयमा विद्यार्थी भर्ना र परीक्षाका लागि बोर्ड समेत गठन नभएर भिसी रजिष्ट्रारले ‘वन म्यान आर्मी जस्तो’ कार्यविधि बाहिरको काम गर्नु गलत भएको त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
    जनता समाजवादी पार्टी नेपालले कृषि विश्वविद्यालयकमा न्यून बजेट विनियोजन गरिएको विषयलाई लिएर बुधबार मधेश प्रदेश प्रदेशका आठवटै प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समितिकै पदाधिकारीद्वारा खेलकुद  समितिको प्रमुखको कार्यकक्षमा तालाबन्दी
समितिकै पदाधिकारीद्वारा खेलकुद  समितिको प्रमुखको कार्यकक्षमा तालाबन्दी
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  निर्माणको माग गर्दै अनसन 
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  निर्माणको माग गर्दै अनसन 
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
मुख्यमन्त्री सिंहसँग बिहारका मन्त्री निरजको भेट
मुख्यमन्त्री सिंहसँग बिहारका मन्त्री निरजको भेट
नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
सप्तरीमा २७ जनामा कोरोना  पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो
सप्तरीमा २७ जनामा कोरोना  पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो
अदालतबाट कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ
अदालतबाट कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ
अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद
अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद
मेयर कपमा मझौको विजयी सुरुवात
मेयर कपमा मझौको विजयी सुरुवात
शिलान्यासको पूर्व सन्ध्यामा विश्वविद्यालयमा तालाबन्दी, आफूलाई जानकारी नै दिई हुन लागेको शिलान्यास रोक्न मन्त्रीको चेतावनी
शिलान्यासको पूर्व सन्ध्यामा विश्वविद्यालयमा तालाबन्दी, आफूलाई जानकारी नै दिई हुन लागेको शिलान्यास रोक्न मन्त्रीको चेतावनी

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?