दैनिक समाचारदाता
राजविराज, १ साउन ।
कृषि ज्ञान केन्द्र सप्तरीले ठूलो परिणाममा कृषियन्त्र उपकरण तथा साना सिंचाई स्यालो बोरिङ्ग लगायतका सामग्री अनुदानमा वितरण सुरु गरेको छ ।
जिल्लामा वैकल्पिक ंिसचाईको व्यवस्थासहित किसानलाई यान्त्रिक र आधुनिकिकरण गर्ने उद्देश्यका साथ आइतवार एक कार्यक्रमको आयोजना गरी केन्द्रले पावर टिलर, धान र गहुँ काट्ने रिपर मेशिन, स्यालो ट्युवेल र कमरसियल मोटर लगायतका कृषियन्त्र र उपकरण किसानलाई अनुदानमा वितरण गरेको हो ।
वितरण गरिएका समानहरुमा १८ एचपिको पावर टिलर ४०, ९ एचपीको पावर टिलर ११, स्यालो ट्यु्वेल १ सय ७०, समरसियल मोटर ३२, धान गहुँ काट्ने रिपर मेसिन ६ र पावर टिलरमा प्रयोग हुने रिपर ३ थान छन ।
आ.ब. २०७८÷०७९ को स्वीकृत कार्यक्रम अन्र्तगत कृषियन्त्र, उपकरण तथा साना सिंचाइ स्यालो बोरिङ्ग समाग्री वितरण कार्यक्रमको शुभारम्भ गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिएका छन् ।
उनले वैकल्पिक सिंचाईको व्यवस्था, श्रमिक समस्या समाधान, लागत घटाई उत्पादन बृद्धि र किसानहरुलाई प्रविधी मैत्री बनाउने उद्देश्यले उक्त कार्यक्रम संचालनमा ल्याइएको बताए ।
सबै स्थानीयतहका कृषकलाई निवेदनका लागी आह्वान गरी छनौटमा परेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उक्त कृषि यन्त्र र उपकरण उपलब्ध गराएको प्रमुख यादवको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यूवा विदेशीने गरेको र खेतमा काम गर्ने मान्छेको अभावमा कृषकले समस्या भोगिरहेका बेला यस्तो सहयोगले धेरै राहत प्रदान गर्ने बताए ।
ठूलो परिणाममा कृषियन्त्र उपकरण र स्यालो ट्युवेल बितरण
सारांश
- जिल्लामा वैकल्पिक ंिसचाईको व्यवस्थासहित किसानलाई यान्त्रिक र आधुनिकिकरण गर्ने उद्देश्यका साथ आइतवार एक कार्यक्रमको आयोजना गरी केन्द्रले पावर टिलर, धान र गहुँ काट्ने रिपर मेशिन, स्यालो ट्युवेल र कमरसियल मोटर लगायतका कृषियन्त्र र उपकरण किसानलाई अनुदानमा वितरण गरेको हो ।
- वितरण गरिएका समानहरुमा १८ एचपिको पावर टिलर ४०, ९ एचपीको पावर टिलर ११, स्यालो ट्यु्वेल १ सय ७०, समरसियल मोटर ३२, धान गहुँ काट्ने रिपर मेसिन ६ र पावर टिलरमा प्रयोग हुने रिपर ३ थान छन ।
- आ.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया