मिक्चरको ठक्करबाट साइकल यात्रीको मृत्यु

राजविराज राजविराज
|
बिहिबार, जेठ २५, २०८०
|
|
२९ पटक हेरिएको
Shares
मिक्चरको ठक्करबाट साइकल यात्रीको मृत्यु

सारांश

  •     राजबिराज नगरपालिका वडा नं.
  • ६ स्थित सखडा मोडबाट नेता चौकतर्फ जादै गरेको मिक्चर मेसिनको ठक्करबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ बेलहा बस्ने ८६ वर्षिय उचितलाल मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       ठक्करबाट गम्भिर घाईते भएका मण्डललाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएकोमा सोही अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २५ जेठ । 

    सिमेन्ट घोल्ने मेसिन (मिक्चर) को ठक्करबाट गम्भिर घाइते भएका एक साइकल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ । 
    राजबिराज नगरपालिका वडा नं. ६ स्थित सखडा मोडबाट नेता चौकतर्फ जादै गरेको मिक्चर मेसिनको ठक्करबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ बेलहा बस्ने ८६ वर्षिय उचितलाल मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    ठक्करबाट गम्भिर घाईते भएका मण्डललाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएकोमा सोही अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । 
    प्रहरीले मिक्सर चालक जिल्लाको खड्क नगरपालिका ५ खोजपुर बस्ने २४ वर्षिय अशोक चौधरी र सहचालक रुपनी गाउँपालिका २ बस्ने २४ वर्षिय नरेश कुमार चौधरीलाई नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकोछ  । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?