वडाध्यक्षहरुले तिन दिने अल्टिमेटमसहित कावा नगरप्रमुखलाई बुझाए ज्ञापन

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २०, २०८०
|
|
२९ पटक हेरिएको
Shares
वडाध्यक्षहरुले तिन दिने अल्टिमेटमसहित कावा नगरप्रमुखलाई बुझाए ज्ञापन

सारांश

  •     कुल १२ वडा रहेको नगरपालिकाका ७ वटा वडाध्यक्षहरुले संयुक्तरुपमा उक्त ज्ञापन पत्र बुझाएको हो ।
  •       ज्ञापनपत्र मार्फत आ.
  • ब.

दैनिक समाचारदाता
राजविराज, २० फागुन ।

    आ.ब.२०८०÷०८१ को आयब्यव सार्वजनिक गर्नु पर्ने लगायत विभिन्न ८ बुँदे माग अघि सार्दै सप्तरीको शम्भुनाथ नगरपालिकाका वडाध्यक्षहरुले आइतवार कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् । 
    कुल १२ वडा रहेको नगरपालिकाका ७ वटा वडाध्यक्षहरुले संयुक्तरुपमा उक्त ज्ञापन पत्र बुझाएको हो । 
    ज्ञापनपत्र मार्फत आ.ब.२०८०÷०८१ को आयब्यव सार्वजनिक गर्नु पर्नेसहित कर्मचारीहरुको दरबन्दी मिलान गर्नु पर्ने, दुई चौमासिकको कार्यप्रगति विवरण सार्वजनिक गर्नू पर्ने, नगपालिकाको प्रशासनिक खर्च सहितको रेडबुक तथा वेवसाइडमा अभिलेख राख्नु पर्ने, १५ शैयाको अस्पताल निर्माण गर्नूृ पर्ने लगायतका ८ बुंदे माग अघि सारिएको छ । 
    वडा १ का वडाध्यक्ष जिवछ साह, २ का वडाध्यक्ष दुर्गानन्द भगत, ३ का वडाध्यक्ष नविन चौधरी, ५ का वडाध्यक्ष जामुन चौधरी, ६ का वडाध्यक्ष सचेन्द्र चौधरी, ७ का वडाध्यक्ष गोपाल चौधरी र १० का वडाध्यक्ष सत्यनारायण साहद्वारा संयुक्त रुपमा बुझाइएको ज्ञापनपत्र मार्फत तीन दिन भित्र मागँ पुरा नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ । 
    ज्ञापनपत्र मार्फत यस अघि उक्त मागहरु सम्बोधनका लागी पटक÷पटक कार्यवाहक मेयर चौधरीसँग वार्ता गर्दा रुखो ब्यवहार देखाएको उल्लेख गर्दै आपत्ती सहित त्यस्तो गल्ती सच्याउन तथा माफी माग्न समेत माँग गरिएको छ । 
    शम्भुनाथ नगरपालिकाका मेयर र उपमेयर दुबै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले जितको छ । मेयर जितेन्द्र प्रसाद गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा भ्रष्टाचार मुदा दायर गरेपछि उनी हाल निलम्बीत अवस्थामा छन् । मेयर निलम्बित भएपछि हाल उपमेयर चौधरी कार्यवाहक मेयर भई नगरपालिका चलाउदै आएकी छिन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
नौं वर्षिया बालिकालाई बलात्कार प्रयासपछि घाटी रेटेर हत्या गरेका मुख्य अभियुक्त पक्राउ
नौं वर्षिया बालिकालाई बलात्कार प्रयासपछि घाटी रेटेर हत्या गरेका मुख्य अभियुक्त पक्राउ
बाँसको झ्याङमा लुकाई राखेको  अवस्थामा गाजा बरामद 
बाँसको झ्याङमा लुकाई राखेको  अवस्थामा गाजा बरामद 
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
विचार मिल्नेसित पार्टी एकीकरण र आंशिक रुपमा विचार मिल्नेसित सहकार्य ः अध्यक्ष नेपाल
विचार मिल्नेसित पार्टी एकीकरण र आंशिक रुपमा विचार मिल्नेसित सहकार्य ः अध्यक्ष नेपाल
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
राजपाका तर्फबाट ससदीय दलको नेतामा सिंह र प्रमुख सचेतकमा यादव चयन
राजपाका तर्फबाट ससदीय दलको नेतामा सिंह र प्रमुख सचेतकमा यादव चयन
राष्ट्रिय एकता दिवस मनाइयो 
राष्ट्रिय एकता दिवस मनाइयो 
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी