दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
दलित अगुवाहरुले आफ्नो समुदायका व्यक्तिमाथी हत्या, हिंसा, बलात्कार र हिरासतमा राखेर चरम यातनाको घटना बढ्दै गएको भन्दै बिहीबार राजविराजमा प्रदर्शन गरेका छन् ।
दलित समुदायमाथी विगत केही महिनायता मुलुक भर हत्या, हिंसा, बलात्कार र कुटपिटको घटना बढ्दै गएको र घटनामा संलग्न दोषिहरु विभिन्न बहानामा कानुनी दायराबाट उन्मुक्ति पाउने गरेको भन्दै संयुक्र दलित संघर्ष समिति सप्तरीको अगुवाईमा उनीहरुले घटनाहरुको छानबिन र दोषिमाथी कडा कारवाहीको माँग समेत गरेका छन् । स्थानिय राजरंगशालाबाट ¥याली निकालेर पुनः सोही ठाउँमा पुगि बिरोध सभाको आयोजना गरिएको थियो ।
महिलाहरुको उल्लेख्य सहभागितामा सुरु भएको बिरोध सभाका वक्ताहरुले ठूलो संख्यामा रहेको दलित समुदायलाई राजनीतिक दलले चुनावको बेलामात्र सम्झने गरेको गुनासो गर्दै हालै मुलुकको विभिन्न ठाउँमा दलित समुदायमाथी भएको हत्या, हिंसा, कुटपिट र बलात्कारका घटनाप्रति कुनै चासो नदेखाएको भन्दै आक्रोस पोखेका थिए ।
संयुक्त दलित संघर्ष समिति सप्तरीका अध्यक्ष प्रथमलाल रामको अध्यक्षता तथा पूर्वसभासद् असर्फी सदाको प्रमुख आतिथ्यमा आयोजित बिरोध सभालाई बहुजन समाज परिषद्का अध्यक्ष हरिनन्दन रन्जन, राजाराम पासवान, राजेश बिद्रोही, युक्तिलाल मरिक, तुलसी सदा, मनोज राउत लगायतका दलित अगुवाहरुले समेत सम्बोधन गर्दै दलित समुदायमाथी हालै मुलुकको विभिन्न भागमा भएको हत्या, हिंसा, बलात्कार र कुटपिटको घटनाको सत्यतथ्य छानबिन गरि दोषिमाथी कारवाही गरिनु पर्ने माँग गरेका थिए ।
दलित समुदायमाथी विभिन्न हिंसाका घटना बढ्दै गएको भन्दै प्रदर्शन
सारांश
- दलित समुदायमाथी विगत केही महिनायता मुलुक भर हत्या, हिंसा, बलात्कार र कुटपिटको घटना बढ्दै गएको र घटनामा संलग्न दोषिहरु विभिन्न बहानामा कानुनी दायराबाट उन्मुक्ति पाउने गरेको भन्दै संयुक्र दलित संघर्ष समिति सप्तरीको अगुवाईमा उनीहरुले घटनाहरुको छानबिन र दोषिमाथी कडा कारवाहीको माँग समेत गरेका छन् ।
- स्थानिय राजरंगशालाबाट ¥याली निकालेर पुनः सोही ठाउँमा पुगि बिरोध सभाको आयोजना गरिएको थियो ।
- महिलाहरुको उल्लेख्य सहभागितामा सुरु भएको बिरोध सभाका वक्ताहरुले ठूलो संख्यामा रहेको दलित समुदायलाई राजनीतिक दलले चुनावको बेलामात्र सम्झने गरेको गुनासो गर्दै हालै मुलुकको विभिन्न ठाउँमा दलित समुदायमाथी भएको हत्या, हिंसा, कुटपिट र बलात्कारका घटनाप्रति कुनै चासो नदेखाएको भन्दै आक्रोस पोखेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया