दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ को. बर्साइन स्वास्थ्य चौकीमा नवनिर्मित वर्थिङ सेन्टरको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले एक कार्यक्रमबीच वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् ।
उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष मण्डलले शिक्षा, स्वास्थ्य, कृषि र रोजगार आफ्नो प्राथमिकतामा रहेकोले आफू ती क्षेत्रहरुको विकासका लागि लागिपरेको बताए । उनले वर्थिङ सेन्टरबाट सबै गर्भवति महिलालाई फाइदा पुग्ने बताउँदै अध्यक्ष यादवले सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाइने बताए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले कुनै पनि गर्भवति महिलालाई सेवा लिन टाढा जानु नपरोस् भन्ने उदेश्यले वर्थिङ सेन्टर सञ्चालन गरिएको बताउँदै यसबाट लाभ लिन आग्रह गरे ।
स्वास्थ्य संस्था भवन निर्माणका लागि जग्गा दिएका शिवरतन रजक, डम्बर रजक, अम्बर रजक, सम्मर नारायण रजक, नारायण रजक, सूर्यनारायण रजक, हरिनारायण रजक र देव नारायण रजकलाई सो अवसरमा सम्मान गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष ललन प्रसाद राउतको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सेभ द चिल्ड्रेनका देवकृष्ण भगत, गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झा, ब्यवस्थापन समितिका सदस्य देवराम शर्मा, स्वास्थ्य चौकी तिलाठीका प्रमुख दिपेन्द्र झासहितकाले शुभकामना ब्यक्त गरे ।
स्वास्थ्य चौकीका प्रमुख मनोज देवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा नवनिर्मित सो वर्थिङ सेन्टरमा सेभ द चिल्ड्रेनमार्फत सेभ द सप्तरीको समेत सहयोग रहेको जानकारी दिए ।
तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन
सारांश
- गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले एक कार्यक्रमबीच वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् ।
- उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष मण्डलले शिक्षा, स्वास्थ्य, कृषि र रोजगार आफ्नो प्राथमिकतामा रहेकोले आफू ती क्षेत्रहरुको विकासका लागि लागिपरेको बताए ।
- उनले वर्थिङ सेन्टरबाट सबै गर्भवति महिलालाई फाइदा पुग्ने बताउँदै अध्यक्ष यादवले सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाइने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया