सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान

राजविराज राजविराज
|
आइतबार, चैत्र २४, २०८१
|
|
१९ पटक हेरिएको
Shares
सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान

सारांश

  •     नेपाल सद्भावना पार्टीका संस्थापक स्व.
  • गजेन्द्र नारायण सिंहको ९६ औं जन्मजयन्ति एवं रामनवमीको अवसर पारेर उनले अशक्त ती २५ जनालाई ह्वील चेयर बितरण गरेका हुन् ।
  •       रोटरी क्लब अफ बर्दिवास र रोटरी क्लब अफ मेट्रो काठमाडौंको सहयोगमा लाखौं मुल्य बराबरको उक्त ह्वील चेयर पाउनेमा ७ देखी ७५ वर्ष उमेर समूह सम्मका २५ जना छन् ।

दैनिक समाचारदाता
राजविराज, २४ चैत ।

    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि नवलकिशोर साहले आइतबार शारीरिक रुपमा अशक्त भई कष्टकर बिताउन बाध्य २५ जनालाई ह्वील चेयर बितरण गरेका छन् । 
    नेपाल सद्भावना पार्टीका संस्थापक स्व. गजेन्द्र नारायण सिंहको ९६ औं जन्मजयन्ति एवं रामनवमीको अवसर पारेर उनले अशक्त ती २५ जनालाई ह्वील चेयर बितरण गरेका हुन् । 
    रोटरी क्लब अफ बर्दिवास र रोटरी क्लब अफ मेट्रो काठमाडौंको सहयोगमा लाखौं मुल्य बराबरको उक्त ह्वील चेयर पाउनेमा ७ देखी ७५ वर्ष उमेर समूह सम्मका २५ जना छन् । 
    उपलब्ध अत्याधुनिक प्रविधीको ह्वील चेयर मन्त्री साहले आफ्नो गृहनगर हनुमाननगर कंकालिनी नगरपालिकामा एक समारोहका बीच यसरी बितरण गरेका हुन् । 
    जनता समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका मन्त्री साहले स्व. सिंह आफ्नो राजनीतिक जिवनमा प्रेरणाको श्रोत रहेकोले आफू आफ्नो क्षेत्रका बासिन्दाको समस्याप्रति समेत संवेदनशिल रहेको भन्दै दातृ संस्थाबाट सहयोग जुटाएर भए पनि सानो मद्दत गर्न पाएकोमा निकै खुशी लागेको बताए । 
    नगरपालिका भित्र शारीरिक रुपमा पूर्ण रुपमा अशक्त भएकाहरुको पहिचान गरि पहिलो चरणमा मन्त्रि साहमार्फत २५ थान ह्वील चेयर बितरण गरिएको रोटरी क्लब अफ बर्दीवासका अध्यक्ष बिष्णुराज पुरीले बताए । 
    उक्त अवसरमा रोटरी क्लब अफ बर्दीवासका प्रस्तावक अध्यक्ष सिताराम ढुंगेल, नोमिनी अध्यक्ष दिपककुमार कार्की, राष्ट्रिय अपाङ कोषका सदस्य चितरंजन यादव, हनुमाननगर कंकालिनी नगरपालिका उपमेयर सरिता सिपलिया यादव, पूर्वमेयर शैलेश साह, अपाङ कल्याण संघका अध्यक्ष बलदेव मण्डल, दलित सरोकार मञ्चका अध्यक्ष भोला पासवान, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनी गाउँपालिकाद्वारा विद्यालय व्यवस्थापन  समिति महासंघका नवमहासचिव ठाकुर सम्मानित 
रुपनी गाउँपालिकाद्वारा विद्यालय व्यवस्थापन  समिति महासंघका नवमहासचिव ठाकुर सम्मानित 
पचास वर्षिया दायमनको रहस्यमय हत्या
पचास वर्षिया दायमनको रहस्यमय हत्या
भजन किर्तन गर्दै कारागारमा पनि विवाह पञ्चमी उत्सव
भजन किर्तन गर्दै कारागारमा पनि विवाह पञ्चमी उत्सव
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु 
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु 
निर्माण कार्य सुस्त भएको भन्दै स्थानियको विरोध र प्रदर्शन
निर्माण कार्य सुस्त भएको भन्दै स्थानियको विरोध र प्रदर्शन
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी 
किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी 
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
पक्राउ परेका १६ विद्यार्थी रिहा, गुन्जन अझै हिरासतमै