दैनिक समाचारदाता
गौर, ४ भदौं ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेशमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
रौतहटको गरुडा नगरपालिकाको खतवहियामा मंगलबार आजपाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन् ।
विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको बताउँदै यसबारेमा सरकार गम्भिर नभएको उनले बताए ।
‘मधेसको बिद्यालयमा बिद्यार्थीको चाप बढी छ । तर विधार्थीको अनुपातमा यहाँ शिक्षकको व्यवस्था सरकारले गरिएको छैन । विद्यार्थीको अनुपातमा यहाँ बिषयगत र तहगत शिक्षकको व्यवस्था गराउन सरकारलाई हामीले पटक पटक ध्यानाकर्षण गरायौं तर सरकार गम्भिर छैन’ आजपा अध्यक्ष साहले भने, ‘अब यस्तै हुने हो र यसैगरी चल्ने अवस्था भए हामी चुप लागेर बस्दैनौं ।
“सरकारले यथाशिघ्र विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे बाध्य भएर हामी सबै विद्यालय बन्द गरेर आम शैक्षिक हडतालमा उत्रिनेछौं ।’ उनले भने ।
शिक्षा नियमावलीमा विद्यार्थी र शिक्षकको अनुपात स्पष्ट रुपमा तोकिए पनि सो अनुरुपको व्यवस्था अझै हुन नसकेको शिक्षाविद्हरु स्वीकार्छन् । शिक्षा नियमावलीमा सुगममा ५० विद्यार्थीमा एक र दुर्गममा २५ विद्यार्थीमा एक शिक्षक नियुक्त गरिने प्रावधान रहेको छ ।
मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे विद्यालयहरु बन्द गर्ने चेतावनी
सारांश
- रौतहटको गरुडा नगरपालिकाको खतवहियामा मंगलबार आजपाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन् ।
- विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको बताउँदै यसबारेमा सरकार गम्भिर नभएको उनले बताए ।
- ‘मधेसको बिद्यालयमा बिद्यार्थीको चाप बढी छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया