दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
संसारमा थोरै मानिसमा पाइने एबि नेगेटिभ रक्तको अभावमा जिवन र मृत्युको दोसाँधमा रहेकी एक गर्भवति महिलाको ज्यान सेनाले जोगाएका छन् ।
सप्तरीको कन्चनरुप नगरपालिका वडा नं. ४ रुपनगर निवासी सुरेश कुमार मेहताकी २९ वर्षिया श्रीमती चम्पा कुमारी मेहता गर्भवति भई अस्पतालमा भर्ना हुँदा उनलाई रक्तको अभाव हुन सक्ने भनि एबि नेगेटिभ रक्तको जोहो गर्न अस्पतालले भनेपछि उनी र उनका परिवार चिन्तित भएका थिए ।
सो रक्तको जोहो गर्न गजेन्द्र नारायण सिंह अस्पताल परिसर भित्र रहेको रक्त संचार केन्द्रमा पुग्दा सो रगत नरहेकोले उनका परिवार झनै अफ्ठ्यारोमा परेका थिए ।
सो अवस्थामा रक्त संचार केन्द्रले नेपाल प्रहरी, शसस्त्र प्रहरीमा समेत अनुरोध गर्दा नपाएपछि भीमदल गणलाई अनुरोध गरिएको र सो रगत भिम दल गणका ब.का.सि. राजेन्द्र बहादुर रावलमा रहेको गणपति गुप्त बहादुर कुँवरले जानकारी दिएका छन् । र लगत्तै रावलले चम्पा कुमारीलाई रक्तदान गरि उनको जिवन बचाउन सफल भएका छन् ।
दोश्रो बच्चाको जन्म दिने तरखरमा रहेकी चम्पालाई ब.का.सी कुवरले विश्वमै दुर्लभ मानिएको एबि नेगेटिभ रगत दिएर मानवताको परिचय दिएका अस्पताले जनाएको छ ।
रगत दिएपछि चम्पा कुमारीले सफलतापूर्वक बच्चा जन्माएकी छिन् । स्मरण रहोस् विश्वमा ज्यादै दुर्लभ मानिएको एबी नेगेटिभ रगत एक सय जना मध्ये १ जनासंग मात्र उपलब्ध हुने गरेको छ ।
दुर्लभ रगत दान गरि भीमदल गणका जवानले जोगाए गर्भवती महिलाको ज्यान
सारांश
- सप्तरीको कन्चनरुप नगरपालिका वडा नं.
- ४ रुपनगर निवासी सुरेश कुमार मेहताकी २९ वर्षिया श्रीमती चम्पा कुमारी मेहता गर्भवति भई अस्पतालमा भर्ना हुँदा उनलाई रक्तको अभाव हुन सक्ने भनि एबि नेगेटिभ रक्तको जोहो गर्न अस्पतालले भनेपछि उनी र उनका परिवार चिन्तित भएका थिए ।
- सो रक्तको जोहो गर्न गजेन्द्र नारायण सिंह अस्पताल परिसर भित्र रहेको रक्त संचार केन्द्रमा पुग्दा सो रगत नरहेकोले उनका परिवार झनै अफ्ठ्यारोमा परेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया