“महम्मद डे” मा सद्भाव ¥याली

राजविराज राजविराज
|
मंगलबार, आश्विन १, २०८१
|
|
७४ पटक हेरिएको
Shares
“महम्मद डे” मा सद्भाव ¥याली

सारांश

  •     यस अवसरमा सप्तरी सदरमुकाम राजविराजमा महम्मद पैगम्बर जन्मजयन्तीको ब्यानर, राष्ट्रिय र धार्मिक झण्डा तथा बाजागाजा सहित हज्जारौको सहभागितमा भब्य सदभाव ¥याली निकालिएको छ ।
  •       महम्मद पैगम्बर जन्मजयन्ती मनाउन सोमबार मधेश प्रदेश सरकारले सार्वजनिक विदा नै दिए पछी मुस्लिम समुदायमा थप उत्साह देखिएको सदभाव ¥यालीका आयोजक मुस्लिम समाज राजविराजका अध्यक्ष तैयव अन्सारीले बताए ।
  •       ¥यालीमा मुस्लिम समुदायका युवा, युृवती, बृद्ध बृद्धा, विभिन्न मदरसाका मौलानाका साथै बालबालिका समेतको उत्साहजनक सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
 
    मुस्लिम समुदायले सोमबार आफ्नो धर्मका प्रर्वतक हजरत महम्मद पैगम्बरको जन्मोत्सव सदभाव ¥याली सहित विविध कार्यक्रमको आयोजना गरी मनाएका छन । 
    यस अवसरमा सप्तरी सदरमुकाम राजविराजमा महम्मद पैगम्बर जन्मजयन्तीको ब्यानर, राष्ट्रिय र धार्मिक झण्डा तथा बाजागाजा सहित हज्जारौको सहभागितमा भब्य सदभाव ¥याली निकालिएको छ । 
    महम्मद पैगम्बर जन्मजयन्ती मनाउन सोमबार मधेश प्रदेश सरकारले सार्वजनिक विदा नै दिए पछी मुस्लिम समुदायमा थप उत्साह देखिएको सदभाव ¥यालीका आयोजक मुस्लिम समाज राजविराजका अध्यक्ष तैयव अन्सारीले बताए । 
    ¥यालीमा मुस्लिम समुदायका युवा, युृवती, बृद्ध बृद्धा, विभिन्न मदरसाका मौलानाका साथै बालबालिका समेतको उत्साहजनक सहभागिता रहेको थियो । सद्भाव ¥यालीमा हिन्दुधर्मावलम्बीका ब्यक्तीहरु पनि उत्साहका साथ सहभागी भए । 
    मुस्लिम समाज राजविराजको अगुवाईमा “इस्लामको सन्देश मानवताको नाममा” नारासहित नुरीजामा मस्जिदबाट निस्केको सदभाव ¥याली बजार क्षेत्र परिक्रमा पश्चात पुनः सोही स्थानमा पुगी धार्मिक सभामा परिणत भएको थियो । 
    उक्त धार्मिक सभालाई राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीन, मृुस्लिम समाज राजविराजका अध्यक्ष तैयव अन्सारी, मौलाना कैसर रजा, वडा सदस्य रामानन्द देव लगायतले सम्बोधन गर्दै महम्मद पैगम्बरको मानवताका लागी निर्देशित सन्देश तथा हिन्दु–मुस्लिम बीचको आपसी भाईचारा र धार्मीक सहिष्णुताको सन्देश गाउँ÷गाउँ सम्म पु¥याउनु पर्नेमा जोड दिए । 
    यस अवसरमा मुस्लिम समुदायले गरिब, असहायलाई लत्ताकपडा, खाद्यान्न, फलफुल वितरणका साथै मिलाज, फतिया, कुरयानखानी लगायतका धार्मिक कार्यक्रम समेत आयोजना गरेको मुस्लिम अगुवा राजविराज ४ निवासी पैmयाज अन्सारीले बताए । 
    इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अब्बल महिनामा साउदी अरबको मक्कामा हजरत महम्मद पैगम्बरको जन्म भएको दिनको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष धुमधामका साथ उनको जन्मजयन्ती मनाउने गरेका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने
लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने
अख्तियारको छापा बिरुद्ध जसपा युवा बिद्यार्थीद्वारा मसाल जुलुस प्रदर्शन 
अख्तियारको छापा बिरुद्ध जसपा युवा बिद्यार्थीद्वारा मसाल जुलुस प्रदर्शन 
सामाचकेवा ः प्रेम र आत्मीयताको सन्देश
सामाचकेवा ः प्रेम र आत्मीयताको सन्देश
व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह
व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह
विभिन्न घटनामा दुईको मृत्यु 
मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा  गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो
मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा  गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह