सहपाठीहरुद्वारा स्व. जोशीप्रति श्रद्धाञ्जली 

राजविराज राजविराज
|
मंगलबार, पौष २९, २०७६
|
|
४३ पटक हेरिएको
Shares
सहपाठीहरुद्वारा स्व. जोशीप्रति श्रद्धाञ्जली 

सारांश

  •     राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय प्राङ्कणमा मंगलबार २०४० सालका एसएलसी समूहका सहपाठीहरुले आयोजना गरेको श्रद्धाञ्जली सभामा उनलाई श्रद्धाञ्जली दिइएको हो ।
  •       ५२ वर्षिय जोशीको पुस ११ गते काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
  • परिवारजनले ह्दयघातका कारण उनको मृत्यु भएको बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ पुस । 
    ह्दयघात भई असमायिक निधन भएका राजविराज २ तेतरी गाछी टोल निवासी दिपक जोशीको स्मृति एवं सम्मानमा मंगलबार उनका सहपाठीहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । 
    राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय प्राङ्कणमा मंगलबार २०४० सालका एसएलसी समूहका सहपाठीहरुले आयोजना गरेको श्रद्धाञ्जली सभामा उनलाई श्रद्धाञ्जली दिइएको हो । 
    ५२ वर्षिय जोशीको पुस ११ गते काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । परिवारजनले ह्दयघातका कारण उनको मृत्यु भएको बताएका छन् । पेशाले कम्प्युटर इन्जिनियर रहेका उनको निधनले मर्माहत भएको उनका सहपाठी दिनेश सिंहले बताए । 
    स्व. जोशीको तस्बिरमा फुलमाला अर्पण पश्चात् सुरु भएको श्रद्धाञ्जली सभामा दिनेश सिंह, उमेश प्रसाद साह, आशा परियारलगायतले बोल्दै अत्यन्त सरल र राम्रा मित्र गुमाएको र यसले ठूलो क्षति भएको बताए । प्रअ अरुण झाले यसै विद्यालयमा पढेका जोशी सानै उमेरदेखी जेहेन्दार विद्यार्थी रहेको सुनाए । 

    वक्ताहरुले मृतआत्माको चिरशान्ति तथा मृतकपरिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित आ–आफ्नो श्रद्धाञ्जली शब्द टुग्याएका थिए । 
    श्रद्धाञ्जली सभा पश्चात् स्व. जोशीका सहपाठीहरुले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफुल बितरण समेत गरेका थिए । 
    सो श्रद्धाञ्जली सभाअघि सहपाठीहरुले तत्कालिन प्रधानाध्यापक स्व. रामचन्द्र झाको सालिकमा फुलमाला अबिर लगाएर श्रद्धासुमन समेत व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 
सरकारबाट तत्काल बाहिरिने सम्भावना छैन् ः उपप्रम यादव
सामुहिक बलात्कार काण्डका दोषिलाई १३ वर्ष कैद 
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
मिटरब्याजीको आरोप  लगाउँदै प्रशासनले दुःख  दिन थाल्यो ः भगत दम्पत्ति
मिटरब्याजीको आरोप  लगाउँदै प्रशासनले दुःख  दिन थाल्यो ः भगत दम्पत्ति
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 
प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?