दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
सप्तरीको महदेवा गाउँपालिकामा मंगलबार एनआईसी एशिया बैंकले आप्mनो २ सय ७९ शाखाको रूपमा बिस्तार गरेको छ ।
महदेवा गाँउपालिका ६ स्थित महदेवामा गाउँपालिका अध्यक्ष दिपक कुमार यादबले कार्यालयको बिधिवत रुपमा रिबन काटेर उदघाटन गरे ।
सो कार्यालय उद्घाटन कार्यक्रममा बैंकका प्रदेश २ कार्यालय प्रमुख प्रकाश चन्द्र अधिकारीले कृषिलाई ब्यबसायमुखी बनाउन पुजीको आबश्यकताको आधारमा बृत सहयोग गर्न शाखा बिस्तार गरेको जानकारी दिए । कर्जा र रेमिटान्समा कम लागतमा सेवा सुबिधा दिने बताउँदै बाहिर पैसा पठाउदा अरू बैंक भन्दा ५० प्रतिशत सहुलियत दरमा सेवा दिने उनको दाबी छ ।
प्रमुख अधिकारीले जुन जग्गामा कृषि गर्नुपर्ने छ, त्यही जग्गालाई धिता राखेर सहुलियत दरमा कर्जा उपलब्ध गराउने जानकारी समेत दिए ।
यस्तै कार्यक्रममा प्रदेश २ का उपकार्यालय प्रमुख बिबेक बन्धु न्यौपानेले जनतालाई आर्थिक क्रियाकलपामा सहयोग पुग्ने बताउदै नेपाल सरकार र राष्ट्र बैंकको निर्देशन बमोजिम प्रत्येक स्थानिय तहमा शाखा बिस्तार गर्ने लागेको बताए ।
सो अवसरमा महदेवा शाखा प्रबन्धक मानबहादुर चौधरी, शाखा नं. ६ का अध्यक्ष उमेश यादब, वडा नम्वर १ का जसो दास, राजबिराज शाखा प्रमुख मुकेश साह, तिरहुत शाखा प्रमुख नन्दकिशोर गुप्ता, पत्रकार मनोहर पोखरेल, चन्दनकुमार यादब, अरूण यादब, बैकका गोपाल सुबेदी लगायतले शुभकामना दिएका थिए ।
एनआईसी एशियाको २ सय ७९ शाखा महदेवामा संचालन
सारांश
- महदेवा गाँउपालिका ६ स्थित महदेवामा गाउँपालिका अध्यक्ष दिपक कुमार यादबले कार्यालयको बिधिवत रुपमा रिबन काटेर उदघाटन गरे ।
- सो कार्यालय उद्घाटन कार्यक्रममा बैंकका प्रदेश २ कार्यालय प्रमुख प्रकाश चन्द्र अधिकारीले कृषिलाई ब्यबसायमुखी बनाउन पुजीको आबश्यकताको आधारमा बृत सहयोग गर्न शाखा बिस्तार गरेको जानकारी दिए ।
- कर्जा र रेमिटान्समा कम लागतमा सेवा सुबिधा दिने बताउँदै बाहिर पैसा पठाउदा अरू बैंक भन्दा ५० प्रतिशत सहुलियत दरमा सेवा दिने उनको दाबी छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया