विपद् व्यवस्थापनका लागि पूर्व सुझाव संकलन गरिदै

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
४७ पटक हेरिएको
Shares
विपद् व्यवस्थापनका लागि पूर्व सुझाव संकलन गरिदै

सारांश

  •     आगामी आर्थिक वर्षका लागि तयार गरिने नीति निर्माण तथा बजेटमा विपद् व्यवस्थापन सम्बन्धी योजना समावेश गर्नु पूर्व यसरी सुझाव संकलन कार्य शुक्रबारदेखी वडा नं.
  • ४ बाट सुरु गरिएको हो ।
  •       वडा अध्यक्ष दिनेश कुमार साहको अध्यक्षतमा आयोजित विपद् व्यवस्थापन तथा न्युनिकरण सम्बन्धी भेला तथा छलफल कार्यक्रममा स्थानिय जनप्रतिनिधि तथा ज्येष्ट नागरिकहरुले ३० वर्ष पहिलेको विपद्को अवस्था र त्यसपछि हालसम्मको अवस्था बारे तुलनात्मक सुझावहरु दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३ चैत । 

    राजविराज नगरपालिकाले विपद् व्यवस्थापन बारेमा वडा स्तरबाटै पूर्व सुझाव संकलन कार्यको सुरुवात गरेको छ । 
    आगामी आर्थिक वर्षका लागि तयार गरिने नीति निर्माण तथा बजेटमा विपद् व्यवस्थापन सम्बन्धी योजना समावेश गर्नु पूर्व यसरी सुझाव संकलन कार्य शुक्रबारदेखी वडा नं. ४ बाट सुरु गरिएको हो । 
    वडा अध्यक्ष दिनेश कुमार साहको अध्यक्षतमा आयोजित विपद् व्यवस्थापन तथा न्युनिकरण सम्बन्धी भेला तथा छलफल कार्यक्रममा स्थानिय जनप्रतिनिधि तथा ज्येष्ट नागरिकहरुले ३० वर्ष पहिलेको विपद्को अवस्था र त्यसपछि हालसम्मको अवस्था बारे तुलनात्मक सुझावहरु दिएका थिए । 
    राजविराज नगरपालिकाबाट सहजकर्ताको रुपमा खटिएका रबिन्द्र साह र रन्जिता यादवले विपद् व्यवस्थापन सम्बन्धी नीति निर्माण गर्दा विगतका अनुभव र वर्तमानको अवस्था बुझ्न आवश्यक ठानेर यसरी सबै वडामा पुगि राय सुझाव संकलन थालिएको बताए । 
    कार्यक्रममा सहभागिहरुले विगतको तुलनामा अहिले बस्तीहरु अत्याधिक बढेपनि बाटोघाटोको अभावमा अहिले पनि विपद्का बेला कतिपय गाउँ टोलमा एम्बुलेन्स, बारुणयन्त्र लगायतका सवारीसाधन पुग्न नसक्दा बढी क्षति हुने गरेको धारणा राख्दै यसतर्फ आवश्यक पहल गर्नुपर्नेमा जोड दिए । 
    यस्तै विपद्का बेला नियन्त्रण गर्न श्रोत साधनको अभाव र विस्थापितहरुलाई आश्रयका लागि भवन नहुँदा समस्या हुने गरेकाले वडा कार्यालयहरुलाई विपद् जोखिम न्युनिकरण र नियन्त्रणका लागि आवश्यक पर्ने सामाग्रिहरुले सुसज्जित बनाउनुका साथै प्रत्येक वडामा एउटा व्यवस्थित सामुदायिक भवन निर्माण गर्नुपर्ने सहभागिहरुले सुझाव दिएका छन् ।     कार्यक्रममा सितलहर, बाढी, आगलागि लगायतका विपद्बाट हुने भौतिक तथा मानविय क्षतिलाई न्युनिकरण गर्न तथा राहत उद्धार लगायतका कार्य कसरी प्रभावकारी रुपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरि सुझाव संकलन समेत गरिएको छ । 
    कार्यक्रममा समाजसेवी चन्दन चौरसिया, गाणेशकुमार आस, जितनी रजक, अयुब सिद्धिकी, तैयब अन्सारी, प्राध्यापक अजय शुक्ला, वडा सचिव ओमप्रकाश साह, पत्रकार मनोज माझी लगायतले आ–आफ्नो सुझाव प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?