आठ दिनको अन्तरालमा  बाबु–छोरा निलम्बनमा

राजविराज राजविराज
|
बुधबार, भाद्र २०, २०८०
|
|
४६ पटक हेरिएको
Shares
आठ दिनको अन्तरालमा  बाबु–छोरा निलम्बनमा

सारांश

  •     लामो समयदेखी जिल्लामा राजनीति गर्दै आएका तथा उच्च घरानाका मानिएका प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव र उनका छोरा बोदेबरसाईन नगरपालिकाका मेयर आतेश कुमार सिह यादव दुबै कारवाहीमा परेपछी जनमानसमा खैलाबैला मच्चिएको हो ।
  •       यादव परिवारका लागी दुःखद संयोग के रह्यो भने आठ दिनको अन्तरालमा दुबै बाबु छोरा आ–आफ्नो पदबाट निलम्बनमा परेका हुन् ।
  • बाबु छोरा दुबै निलम्बनमा पर्दा आफन्तजनमात्र होइन, स्थानीयवासी समेत चकित परेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २० भदौ ।

    सप्तरीको बोदेबरसाइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवमाथी अख्तियारले भ्रष्टाचार मुद्दा चलाएका कारण निलम्बनमा परेको आठ दिन नबित्दै उनका बुबा मधेश प्रदेशसभा सदस्य रहेका अनिरुद्ध प्रसाद सिंह यादव हत्या तथा डाका मुद्दामा कारागार चलान भई निलम्बनमा परेपछी सो नगरपालिकामा अहिले खैलाबैला मच्चिएको छ । 
    लामो समयदेखी जिल्लामा राजनीति गर्दै आएका तथा उच्च घरानाका मानिएका प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव र उनका छोरा बोदेबरसाईन नगरपालिकाका मेयर आतेश कुमार सिह यादव दुबै कारवाहीमा परेपछी जनमानसमा खैलाबैला मच्चिएको हो । 
    यादव परिवारका लागी दुःखद संयोग के रह्यो भने आठ दिनको अन्तरालमा दुबै बाबु छोरा आ–आफ्नो पदबाट निलम्बनमा परेका हुन् । बाबु छोरा दुबै निलम्बनमा पर्दा आफन्तजनमात्र होइन, स्थानीयवासी समेत चकित परेका छन् । 
    गत बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोदेवसाईन नगरपालिकाका मेयर आतेश कुमार सिह यादवसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछी उनी निलम्बनमा परे । उनीहरुमाथी नगरपालिकामा सुरु नै नभएको एक पशु सम्बन्धि योजनाको अनुगमनदेखि कार्य सम्पन्न सम्मको प्रतिवेदन बनाएर नगरपालिकाबाट झुठो बिलको आधारमा १४ लाख ७२ हजार रुपैया भुक्तानी दिएको अख्तियारको आरोप छ । 
    यस्तै सप्तरीको प्रदेश सभा ४ को २ बाट स्वतन्त्र उम्मेदवार बनी प्रदेश सभासदस्य पदमा निर्वाचित उनका बुवा अनिरुद्ध प्रसाद सिह यादव कर्तब्य ज्यान तथा डाका मुद्दामा मंगलबार सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागी कारागार चलान भएपछि उनी पनि निलम्बनमा परे । 
    मधेश प्रदेशको प्रदेश सभा सचिवालयले उनी थुनामुक्त नभएसम्म निलम्बनमा नै रहने एक सूचना मार्फत स्पष्ट पारेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?