नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

राजविराज राजविराज
|
शनिबार, फाल्गुन १६, २०८२
|
|
९६ पटक हेरिएको
Shares
नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

सारांश

  •     शनिबार राजविराजमा प्रेस संगठन र समाजवादी प्रेस संगठनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
  •       सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा उनले प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन् ।
  • यस्तै गजेन्द्र नारायण सिंह अस्पताल र औद्योगिक क्षेत्र सुधार, नमूना विद्यालयहरुको स्थापना, रोजगारीका लागि सीप विकास तालिमलाई पनि उनले प्राथमिकतामा राखेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १६ फागुन । 

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार सुर्यनाथ यादवले चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । 
    शनिबार राजविराजमा प्रेस संगठन र समाजवादी प्रेस संगठनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । 
    सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा उनले प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन् । यस्तै गजेन्द्र नारायण सिंह अस्पताल र औद्योगिक क्षेत्र सुधार, नमूना विद्यालयहरुको स्थापना, रोजगारीका लागि सीप विकास तालिमलाई पनि उनले प्राथमिकतामा राखेका छन् । 
   यस्तै भ्रष्टाचारबिरुद्ध शुन्य सहनशिलता, राजविराज विमानस्थलबाट रात्रीकालिन विमान उडान, राजविराजलाई नमूना शहरको रुपमा विकास लगायतका कार्यलाई पनि उनले आफ्नो प्रतिबद्धता पत्रमा समेटेका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?