गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  

राजविराज राजविराज
|
शुक्रबार, आश्विन १७, २०७६
|
|
६५ पटक हेरिएको
Shares
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  

सारांश

  •     सेभ द सप्तरीको २० औ साधारण सभाको शुक्रबार उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताउँदै सरकारले चाहेर पनि गैरसरकारी संस्था तथा निजी संस्थाहरूको बिना प्रदेशको समृद्वि हुन नसक्ने बताए ।
  •       सेभ द सप्तरीले जिल्लाको विभिन्न पालिकामा बालवालिकाहरूको शैक्षिक तथा स्वास्थ बिकास सँगै समुदायमा पु¥याएको योगदानको प्रशंसा गर्दै समाजको बिकृति तथा भेदभावको बिरूद्व अगाडी बढ्न शुभकामना दिए ।
  •     गैरसरकारी संस्था तथा निजि संस्थाहरूहरूले उत्पादनशिल क्षेत्रमा लगानी लगाउनु पर्ने भन्दै मन्त्री साहले अब कृषितर्फ किसानलाई आत्मनिर्भर बन्नु पर्नेमा जोड समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
    प्रदेश २ का भुमी, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गैरसरकारी संस्था तथा निजि क्षेत्रको सहभागिता बिना प्रदेशको समृद्वि हुन नसक्ने बताएका छन् । 
    सेभ द सप्तरीको २० औ साधारण सभाको शुक्रबार उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताउँदै सरकारले चाहेर पनि गैरसरकारी संस्था तथा निजी संस्थाहरूको बिना प्रदेशको समृद्वि हुन नसक्ने बताए । 
    सेभ द सप्तरीले जिल्लाको विभिन्न पालिकामा बालवालिकाहरूको शैक्षिक तथा स्वास्थ बिकास सँगै समुदायमा पु¥याएको योगदानको प्रशंसा गर्दै समाजको बिकृति तथा भेदभावको बिरूद्व अगाडी बढ्न शुभकामना दिए ।
    गैरसरकारी संस्था तथा निजि संस्थाहरूहरूले उत्पादनशिल क्षेत्रमा लगानी लगाउनु पर्ने भन्दै मन्त्री साहले अब कृषितर्फ किसानलाई आत्मनिर्भर बन्नु पर्नेमा जोड समेत दिए । किसानको समस्या समाधान नगरी प्रदेशको समृद्वि हुन नसक्ने र किसानहरूको आर्थिक रूपमा मजबुत नहुन्जेल प्रदेशको समृद्वि हुन नसक्ने उनले उल्लेख गरे । 
    मन्त्री साहले प्रदेश सरकारले आन्तरिकमा अनुदान दिईने र कस्टम हेन्डीलिंग सेन्टर स्थापना गर्ने तथा त्यहाँ आधुनिक कृषि यन्त्रहरू राखी कृषकहरूलाई आबश्यक उपकरण प्रयोग गर्ने योजना बनाइरहेको बताए । पशुपालनतर्फ महिलालाई आकर्षित गर्न र बिना ब्याज युवाहरूलाई कृषितर्फ आकर्षित गर्न बिना ब्याज ऋण उपलब्ध गराउने प्रदेश सरकारको योजना रहेको उनले बताए । 
    उनले भने प्रत्येक पालिका दूध उत्पादन भएकालाई प्रदेश सरकारले दूध प्रसोधन केन्द्र बनाई स्थानियस्तरमा बजारिकरण गर्ने कार्यक्रम ल्याउने बताउँदै महिला कृषि मैत्री, आय आर्जन, माछा पालन, तरकारी खेती, आँप जोनको प्रचुर सम्भावना रहेकोले त्यसतर्फ संघसंस्थाहरूले समन्वय गरेर समाजको बिकासमा योगदान दिनु पर्ने आग्रह समेत गरे । 
    शिक्षा बिना बिकासको परिकल्पना गर्न नसकिने भन्दै उनले छोरा छोरीमा हुने भेदभावलाई निरूत्साहित गर्न बेटी बचाउ, बेटी पढाउ अभियान संचालनमा रहेको जिकिर गरे ।
    सेभ द सप्तरीले सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लाको बिष्णुपुर गाउपालिका, तिलाठी कोईलाडी, राजबिराज नगरपालिकाको वडा नम्वर १, ५, १४, १५, १६ वडामा मातृ, नवजात शिशु बाल स्वास्थ तथा पोषण, प्रारम्भिक बाल बिकास, आधारभुत, शिक्षा, बिद्यालय स्वास्थ तथा पोषण, किशोरकिशोरी बिकास, किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ र जिबिकोपार्जन कार्यक्रमहरू संचालन गर्दै आएको सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल चौधरीले जानकारी दिए ।
    कार्यक्रममा प्रदेश सांसद गिता यादब, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, तिलाठी कोईलाडी उपाध्यक्ष सुचिता यादब, नेपाली काँग्रेस सप्तरी अध्यक्ष दिनेश यादब, गैसस जिल्ला अध्यक्ष शम्भुनन्दन चौधरी, समाजवादी पार्टीका अध्यक्ष केदार यादब, सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक अरूण महतो, तिलाठी कोईलाडी गाउपालीका वडा ८ का अध्यक्ष लक्ष्मी खंग, सेभ द सप्तरीका सचिव नरेन्द्र यादब, नेपाल पत्रकार महासंघ सप्तरी सहसचिव चन्दनकुमार यादबलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व
लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ
लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ
जनचेतना फैलाउदै फर्सैठ युवा क्लवद्वारा सरसफाई 
जनचेतना फैलाउदै फर्सैठ युवा क्लवद्वारा सरसफाई 
विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 
विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
बालबालिकालाई पोशाक वितरण
बालबालिकालाई पोशाक वितरण

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी