राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व

राजविराज राजविराज
|
आइतबार, मंसिर २३, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  •     उनले १ सय १९ मत ल्याई प्रतिद्वन्द्वी प्रगतिशिल समूहका अधिवक्ता पूण्यप्रसाद यादवलाई पराजित गरे ।
  • अधिवक्ता यादवले ८१ मत पाएका थिए ।
  •     १३ सदस्यीय कार्य समितिका लागि सम्पन्न निर्वाचनमा लोकतान्त्रिक समूहबाट ११ तथा प्रगितिशिल समूहका दुई जना निर्वाचित भएका छन् भने ११ जना केन्द्रिय पार्षदमा लोकतान्त्रिक समूहका ९ तथा प्रगतिशिल समूहका दुई जना निर्वाचित भए ।

दैनिक समाचारदाता
राजविराज, २३ मंसिर । 
    राजविराज उच्च अदालत बार एशोसिएशन सप्तरीको नयाँ कार्य समितिका लागि सम्पन्न निर्वाचनबाट अध्यक्षमा लोकतान्त्रिक सूमहका उम्मेदवार अधिवक्ता रमानन्द साह निर्वाचित भएका छन् । 
    उनले १ सय १९ मत ल्याई प्रतिद्वन्द्वी प्रगतिशिल समूहका अधिवक्ता पूण्यप्रसाद यादवलाई पराजित गरे । अधिवक्ता यादवले ८१ मत पाएका थिए ।
    १३ सदस्यीय कार्य समितिका लागि सम्पन्न निर्वाचनमा लोकतान्त्रिक समूहबाट ११ तथा प्रगितिशिल समूहका दुई जना निर्वाचित भएका छन् भने ११ जना केन्द्रिय पार्षदमा लोकतान्त्रिक समूहका ९ तथा प्रगतिशिल समूहका दुई जना निर्वाचित भए । यसअघि महिला सदस्यमा प्रगतिशिल समूहका पार्वती कुमारी राउत निर्विरोध निर्वाचित भएकी थिइन् ।
    यता समितिको उपाध्यक्षमा प्रगतिशिल समूहका श्यामकुमार पोखरेलले १ सय ५ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका पार्वती कुमारी जोशीले ९५ मत प्राप्त गरेकी छिन् ।
    यस्तै लोकतान्त्रिक समूहबाटै सचिवमा धीरेन्द्र कुमार यादव १ सय १५ र कोषाध्यक्षमा उपेन्द्र यादव १ सय २४ मत प्राप्त गरी विजयी भएका छन् भने सोही समूहका सदस्यहरुमा रामप्रकाश साह १ सय ५, सुरेन्द्र प्रसाद यादव १ सय २०, शंकर प्रसाद राय १ सय १६, कृष्णचन्द्र यादव ९३, भवेश गौतम १ सय २२, मिथिलेशचन्द्र लाभ ९६, जयप्रकाश साफी ८९ र लक्ष्मण ठाकुर ९७ मत प्राप्त गरी बिजयी भएका छन् । 
    सो निर्वाचनमा प्रगतिशिल समूहकाबाट उम्मेदवारी दिएका सचिवमा मनोज देव ८३, कोषाध्यक्ष अजयकुमार चौधरी ७३ तथा सदस्यहरुमा रामप्रसाद यादव ८३, शत्रुध्न प्रसाद यादव ५६, पञ्चदेव यादव ७२, रामनारायण चौधरी ६३, राजकुमार टरैत ७९, प्रेमकुमार आले ७५, शत्रुध्न प्रसाद गुप्ता ५९, बालकृष्ण कार्की ८८ मत पाएका थिए । 
    यसैगरि केन्द्रिय पार्षदमा लोकतान्त्रिक समूहका सुभाषचन्द्र यादव १ सय २७, डा. हेमकुमार मिश्र १ सय १, रन्धिर कर्ण १ सय १०, डा. चिरञ्जिवीलाल देव १ सय ३६, ललितेश्वर प्रसाद गुप्ता १ सय १५, राजकुमार साह ९३, बालकृष्ण ढुङ्गाना १ सय १९, देवनारायण चौधरी १ सय ६, दयानन्द गोइत १ सय २६ प्राप्त गरी विजयी भएका छन् । 
    यता प्रगतिशिल समूहका पार्षदमा अनिल कुमार झाले ९८ र जयकुमार गोइतले ९३ मत प्राप्त गरी विजयी भएका छन् भने लोकतान्धिक समूहका उम्मेदवारी रामचन्द्र मण्डल ८९ र सन्तोष कुमार चमनले ७८ मत प्राप्त गरी पराजित भए ।
    यस्तै केन्द्रिय पार्षदहरुमा प्रदिप कुमार मण्डल ६४, सुरेन्द्र प्रसाद साह ६९, देवनरायण मण्डल ८६, मनोहर पोखरेल ८७, विश्वनाथ देव ५१, बलबीर चौधरी बैश्य ६७ र उदयचन्द्र जैनले ८१ मत प्राप्त गरेका थिए । 
    कुल मतदाता २ सय १४ जना मतदाता रहेको बार एशोसिएसनमा २ सय ३ जनाले मतदान गरेका थिए । सम्पन्न निर्वाचनमा दुबै समूह गरी २५ जनाले उम्मेदवारी दिएका थिए भने ११ सदस्यीय केन्द्रिय पार्षदका लागि २० जनाको उम्मेदवारी परेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावाहुरीका कारण मृत्यु भएका परिवारजनलाई राहत स्वरुप एक÷एक लाख दिने
हावाहुरीका कारण मृत्यु भएका परिवारजनलाई राहत स्वरुप एक÷एक लाख दिने
हिन्दू राष्ट्रका लागि लडाई जारि छ ः राष्ट्रिय अध्यक्ष पटेल  
हिन्दू राष्ट्रका लागि लडाई जारि छ ः राष्ट्रिय अध्यक्ष पटेल  
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
फेरि त्रिविमा विद्यार्थी बढे
भारतीय नम्बरको गाडीबाट नक्कली नेपाली नोटसहित दुई पक्राउ 
भारतीय नम्बरको गाडीबाट नक्कली नेपाली नोटसहित दुई पक्राउ 
जेठानीको कुटाईबाट देवरानीको  पाँच महिने गर्भ तुहियो
जेठानीको कुटाईबाट देवरानीको  पाँच महिने गर्भ तुहियो
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
प्रभु बचत तथा ऋण सहकारी  संस्थामा आगलागिबाट लाखौंको क्षति
प्रभु बचत तथा ऋण सहकारी  संस्थामा आगलागिबाट लाखौंको क्षति