सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या

राजविराज राजविराज
|
शनिबार, बैशाख २७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या

सारांश

  •     उक्त सडक खण्ड नजिकै मालपोत, अदालत, वन लगायतका कार्यालय तथा मुख्य हाटबजार पनि रहेको छ ।
  • एकातिर उक्त कार्यालयहरुमा आउने सेवाग्राहीहरुको चाप र अर्कोतिर हाट बजारमा दैनिक उपभोग्य सामाग्रि किन्न आउने उपभोक्ताको अध्याधिक भिडभाड रहने गरेको बेला सडक नै कब्जा गरेर व्यापार व्यवसाय चलाउन सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीयवासी बिरेन्द्र गुप्ताको भनाई छ ।
  •       यस्तै कतिपयले भोजभतेरका लागि सडकमै पण्डालले घेरवार त कसैले घर निर्माणका सामाग्रि थुपारिदिनाले बजार क्षेत्र नै अस्तव्यस्त बनाएको स्थानीयवासी दुखा चौधरीको भनाई छ ।

   राजविराज÷राजविराजस्थित हुलाकी मार्ग अन्तरगत अदालतदेखी राम मन्दिरसम्मको आधी किलोमिटर सडकखण्डमा सडकपेटी र सडक नै छेकेर फुटफाटे पसलेले पसल थापेपछी आवागमनमा समस्या देखिएको छ । 
    सम्बन्धीत निकायले चासो नदिदा ती सडकपेटीमा मात्र नभई झण्डै २५ प्रतिशत जति सडक नै छेकेर व्यापार व्यवसाय गर्न थालिएको हो । 
    सडकपेटी र सडक नै छेकेर कारोवार गर्नेहरुमा तरकारी र फलफुल व्यवसायीदेखी चिया र नास्ता पसलेसम्म छन् । सडकमै पसल थापेपछी ओहोर दोहोर गर्ने बाटो साँघुरो हुनुका साथै दुर्घटनाको जोखिम समेत बढाएको छ । 
    उक्त सडक खण्ड नजिकै मालपोत, अदालत, वन लगायतका कार्यालय तथा मुख्य हाटबजार पनि रहेको छ । एकातिर उक्त कार्यालयहरुमा आउने सेवाग्राहीहरुको चाप र अर्कोतिर हाट बजारमा दैनिक उपभोग्य सामाग्रि किन्न आउने उपभोक्ताको अध्याधिक भिडभाड रहने गरेको बेला सडक नै कब्जा गरेर व्यापार व्यवसाय चलाउन सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीयवासी बिरेन्द्र गुप्ताको भनाई छ । 
    यस्तै कतिपयले भोजभतेरका लागि सडकमै पण्डालले घेरवार त कसैले घर निर्माणका सामाग्रि थुपारिदिनाले बजार क्षेत्र नै अस्तव्यस्त बनाएको स्थानीयवासी दुखा चौधरीको भनाई छ । 
    पैदलयात्रुका लागि बनाइएको बाटोसँगै सडक समेत छेकेर संचालनमा ल्याइएका यस्ता पसलहरु अविलम्ब हटाउनु पर्ने स्थानीयको माग छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?