दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
सप्तरीको छिन्नमस्ता भगवती मन्दिर परिसरमा शुक्रबारदेखि हेल्थ डेस्क स्थापनाका साथै विशेष सतर्कता अपनाईएको छ ।
कोरोना भाइरसको त्रास रहेको अवस्थामा दैनिक पुजा गर्न आउने हजारौं श्रद्धालु भक्तजनको शक्तिपीठमा स्वास्थ्य परीक्षण तथा साबुन पानीले हात धुन अनिवार्य गरिएको छ ।
नेपाल–भारतको विभिन्न स्थानहरुबाट श्रद्धालु भक्तजन आउने गरेकोले कोरोना भाइरसबाट जोगिन विशेष सतर्कता अपनाईएको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिएका छन् ।
श्रद्धालुहरुलाई लक्षित गरी स्वास्थ्य चौकी सखडाद्वारा हेल्थ डेस्क स्थापना गरिएको छ भने हेल्थ डेस्कमा भक्तजनको रेकर्ड राख्नुका साथै खोकी, ज्वरो, घाँटी दुख्ने समस्या भए नभएकोबारेमा सोधपुछ गर्ने, शरिरको तापक्रम नाप्ने तथा कोरोना भाइरसको जोखिमबाट जोगिने उपायबारे जानकारी दिने गरिएको छ ।
त्यस्तै पूजाआजामा संलग्न पूजारीहरुलाई समेत अनिवार्य मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन आवश्यक तयारी गरिएको छ ।
यता स्वास्थ्य चौकी सखडाका ईन्चार्ज अजय कुमार झाको नेतृत्वमा तीन जना स्वास्थकर्मी परिचालन गरिएको छ । हेल्थ डेस्कमा पहिलो दिनमै हेल्थ डेस्कमा सात सय पाँच भक्तजनको स्वास्थ्य परीक्षण गरिएको छ ।
छिन्नमस्ता मन्दिरमा हेल्थ डेस्कका साथै स्वास्थ्य सम्बन्धी सतर्कत अपनाइयो
सारांश
- कोरोना भाइरसको त्रास रहेको अवस्थामा दैनिक पुजा गर्न आउने हजारौं श्रद्धालु भक्तजनको शक्तिपीठमा स्वास्थ्य परीक्षण तथा साबुन पानीले हात धुन अनिवार्य गरिएको छ ।
- नेपाल–भारतको विभिन्न स्थानहरुबाट श्रद्धालु भक्तजन आउने गरेकोले कोरोना भाइरसबाट जोगिन विशेष सतर्कता अपनाईएको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिएका छन् ।
- श्रद्धालुहरुलाई लक्षित गरी स्वास्थ्य चौकी सखडाद्वारा हेल्थ डेस्क स्थापना गरिएको छ भने हेल्थ डेस्कमा भक्तजनको रेकर्ड राख्नुका साथै खोकी, ज्वरो, घाँटी दुख्ने समस्या भए नभएकोबारेमा सोधपुछ गर्ने, शरिरको तापक्रम नाप्ने तथा कोरोना भाइरसको जोखिमबाट जोगिने उपायबारे जानकारी दिने गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया