दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
मानव बेचबिखन ओसारपोसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि साढे तीन वर्षदेखी फरार रहेका एक प्रतिवादी बुधबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको साविक बथनाहा गाबिस वडा नं. २ हाल महादेवा गाउँपालिका वडा नं. ३ बस्ने ३९ वर्षिय मिथलेश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका यादव मानव बेचबिखन ओसार पोसार मुद्दामा सप्तरी जिल्ला अदालतको २०७४ असोज २५ गतेको फैसला अनुसार ५ बर्ष कैद सजाय पाई फरार रहेका थिए ।
ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीले यादवलाई घरबाटै बुधबार पक्राउ गरी सोही दिन अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागी राजविराज कारागार पठाएको प्रहरीले जनाएको छ ।
मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार प्रतिबादी पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको साविक बथनाहा गाबिस वडा नं.
- २ हाल महादेवा गाउँपालिका वडा नं.
- ३ बस्ने ३९ वर्षिय मिथलेश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया