दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
पाँच वटा विभिन्न ज्यान मार्ने मुद्दामा फरार रहेका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ निवासी २३ वर्षिय रन्जित कुमार यादव रहेका छन् ।
विभिन्न मितिमा पाँच वटा मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका उनलाई प्रहरीले मंसर २६ गते पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार २०७९ साल बैशाख १९ गते स्थानिय ५० वर्षिय मधुराम यादवलाई लाठी फट्टा लगायत घरेलु हातहतियारले कुटपिट गरि अंगभंग मुद्दा, २०७६ साल साउन २५ गते स्थानिय नन्दकिशोर यादवलाई घरेलु हातहतियार समेतले प्रहार गरी सक्त घाईते बनाई ज्यान मार्ने उधोगमा मुद्दा समेत दायर भई फरार रहेका थिए ।
यस्तै २०७६ साल माघ २२ गते पुनः निज प्रतिवादी रन्जित कुमार यादव समेतले स्थानिय नन्दकिशोर यादव र मो.ईस्राफिललाई घरेलु हातहतियार समेतले प्रहार गरी सक्त घाईते बनाई ज्यान मार्ने उधोगमा फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरि २०७७ साल जेठ २९ गते प्रतिवादी यादव समेतले मिली राजबिराज नगरपालिका ७ बस्ने ताहिर मंसुरी समेतलाई घरेलु हातहतियारले प्रहार गरी सक्त घाईते बनाई ज्यान मार्न उधोगमा मुद्दा दर्ता भएको र २०७८ जेठ २१ गते यादव समेतले राजबिराज वडा नं. ७ बस्ने ईद्रीस मंसुरी समेत ९ जनलाई घरेलु हातहतियार समेतले प्रहार गरी सक्त घाईते बनाई ज्यान मार्ने उधोग गरेको मुद्दामा उनी फरार रहेका थिए ।
पाँच वटा विभिन्न ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी पक्राउ
सारांश
- विभिन्न मितिमा पाँच वटा मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका उनलाई प्रहरीले मंसर २६ गते पक्राउ गरेको जनाएको छ ।
- प्रहरीका अनुसार २०७९ साल बैशाख १९ गते स्थानिय ५० वर्षिय मधुराम यादवलाई लाठी फट्टा लगायत घरेलु हातहतियारले कुटपिट गरि अंगभंग मुद्दा, २०७६ साल साउन २५ गते स्थानिय नन्दकिशोर यादवलाई घरेलु हातहतियार समेतले प्रहार गरी सक्त घाईते बनाई ज्यान मार्ने उधोगमा मुद्दा समेत दायर भई फरार रहेका थिए ।
- यस्तै २०७६ साल माघ २२ गते पुनः निज प्रतिवादी रन्जित कुमार यादव समेतले स्थानिय नन्दकिशोर यादव र मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया