दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सप्तरीको एक मात्र छिन्नमस्ता गाउँपालिका ७ का वडाध्यक्ष पदका लागी मंसिर १४ गते हुने उपनिर्वाचनका लागी उम्मेदवारी मनोनयन पत्र दर्ता सँगै चुनावी गतिविधि तिब्र बनेको छ ।
राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारगरि ९ जनाको उम्मेदवारी परेकोमा एक स्वतन्त्र उम्मेदवारको उम्मेदवारी रद्द भएको छ । स्वतन्त्र उम्मेदवार रञ्जितकुमार यादवको उमेर १९ वर्ष मात्र पुगेको कारण उम्मेदवारी रद्द गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख दिलिपकुमार यादवले जानकारी दिएका छन् ।
यता उम्मेदवारी दर्ता भएसँगै चुनावी कार्यक्रम र घरदैलो अभियान तिब्र भएको छ । एक स्वतन्त्र उम्मेदवारको उम्मेदवारी रद्द भएसँगै अब वडाध्यक्ष पदका लागी २ स्वतन्त्र सहित ८ जना चुनावी मैदानमा रहेका छन् ।
नेकपाबाट अच्छेलाल यादव, काँग्रेसबाट शिव नारायण मण्डल तथा राजपा र समाजवादी पार्टीका संयुक्त उम्मेदवार प्रमिला देवी उम्मेदवार बनेका हुन् । यस्तै राप्रपाबाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेश कुमार यादव चुनावी मैदानमा छन् ।
निर्वाचन बहिष्कार र अलग देशको माग गर्दै आएका सिके राउतले सरकार सँग सम्झौता गर्दै जनमत पार्टी दर्ता गरेपछि पहिलो पटक चुनावी मैदानमा आफनो उम्मेदवार खडा गरेको छ ।
जसकारण पनि यहाँको चुनाव रोमाञ्चक बन्दै गएको छ । राजपाबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त हुन गएको सो पदमा उपनिर्वाचन हुन लागेको हो । समाजवादी पार्टी समेतको समर्थनमा राजपाबाट उम्मदेवार बनेकी प्रमिला प्रभाकरकै पत्नी हुन । यसअघि राजपाले जितेकाले त्यसलाई निरन्तरता दिनुपर्ने चर्को दवाव राजपालाई छ ।
यता नेकपाका उम्मेदवार अच्छेलाल यादव स्थानिय विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् ।
यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी र सडक विस्तार मुख्य चुनावी मुद्दा बनेको देखिएको छ । नेकपा, काँग्रेस, जनमत लगायतका पार्टीले पनि मतदाताको घरदैलो अभियानलाई तिब्र बनाएका छन् । सवै उम्मेदवारले वडाको विकासलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् ।
नुरहुसन मंसुरी र धिरेन्द्र कुमार यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उम्मेदवारको टिकट वितरणमा असन्तुष्टी जनाउँदै विभिन्न पार्टीमा आवद्घ उनीहरुले बागी उम्मेदवारी दर्ता गराएका ह्न ।
आसन्न निर्वाचनका लागी सो वडामा १ हजार ४ सय ३ मतदाता रहेको छ भने एक मतदान स्थल र दुई मतदान केन्द्र कायम गरिएको छ ।
उम्मेदवारी दर्ता सँगै चुनावी गतिविधि तिब्र
सारांश
- राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारगरि ९ जनाको उम्मेदवारी परेकोमा एक स्वतन्त्र उम्मेदवारको उम्मेदवारी रद्द भएको छ ।
- स्वतन्त्र उम्मेदवार रञ्जितकुमार यादवको उमेर १९ वर्ष मात्र पुगेको कारण उम्मेदवारी रद्द गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख दिलिपकुमार यादवले जानकारी दिएका छन् ।
- यता उम्मेदवारी दर्ता भएसँगै चुनावी कार्यक्रम र घरदैलो अभियान तिब्र भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया