राजविराज÷सिन्डीकेट प्रणालीको खारेजीको माँग गर्दै पाठ्यपुस्तक विक्रि बितरण गरिरहेको भन्दै दुई दिनदेखी पुस्तक पसलमा तालाबन्दी गरि आन्दोलनमा उत्रेका विद्यार्थीहरुले शनिबार दुई बँुदे सहमतिपछि आन्दोलन स्थगित गरेका छन् ।
पुस्तक व्यवसायी र विद्यार्थी संगठनबीच भएको सहमतिमा सिन्डीकेट प्रणाली तोडिएको छ भने पुस्तकमा दिइने छुट सम्बन्धमा पुस्तक व्यवसायीले अंकित मुल्यमा मिल्न सक्ने छुट दिने भनेको छ भने शनिबारै विद्यार्थी संगठनहरुले जारि गरेको विज्ञप्तिमा १० प्रतिशत छुट दिने सहमति भएको जनाएको छ ।
स्थानिय जिल्ला समन्वय समितिको सभाकक्षमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको उपस्थितिमा पुस्तक व्यवसायी तथा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिबीच चलेको ६ घण्टा लामो छलफल र वार्ता सहमतिमा पुगेपछि आन्दोलन स्थगित गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित रजकले जानकारी दिएका छन् ।
वार्तामा सिन्डीकेट प्रणाली खारेज गर्दै बजारमा रहेका अन्य पुस्तक पसलहरुबाट सहज रुपमा पुस्तक पाइने र कक्षा नर्सरीदेखी १० सम्मको पाठ्यपुस्तकमा १० प्रतिशत छुट दिने सहमति भएको जारि विज्ञप्तिमा उल्लेख छ ।
सहमति लगत्तै विद्यार्थीहरुले गत बिहीबार स्थानिय गजेन्द्र चौकस्थित पुस्तक महल नामक पसलमा लगाएको ताला खोल्नुका साथै आन्दोलनका अन्य कार्यक्रम स्थगित गरेका छन् ।
स्थानिय केही पुस्तक व्यवसायीहरु मिलेर शैक्षिक सत्र सुरु भए लगत्तै गत १ बैशाखदेखी पुस्तक महल नामक अस्थायी पसल संचालन गरेर निजी विद्यालयका पुस्तकहरु एकलौटी ढंगले बिक्रि बितरण गर्दै आइरहेका थिए ।
बजारमा रहेका अन्य पुस्तक पसलबाट पाठ्यपुस्तक विक्रि बितरण गर्न नपाइने तथा यस पसलबाट बिक्रि हुने पाठ्पुस्तकमा एक रुँपैया पनि छुट नदिने पुस्तक व्यवसायीको कठोर निर्णका कारण विद्यार्थी र अभिभावक मारमा परेको भन्दै अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेवि संघ, विद्यार्थी फोरम र राष्ट्रिय विद्यार्थी संघले चर्को बिरोध गर्दै तालाबन्दी र प्रदर्शनमा उत्रेका थिए ।
नेवि संघद्वारा कारवाही
राजविराज÷संगठनलाई नै बदनाम गर्ने गरि सामाजिक संजालमा गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै नेपाल विद्यार्थी संघ सप्तरीले आफ्ना एक कार्यकर्तालाई कारवाही गरेको छ ।
संयुक्त विद्यार्थी संगठन सप्तरीद्वारा राजविराजस्थित एक पुस्तक पसलमा तालाबन्दी गरेको विषयमा दुबै पक्षबीच छलफल भइरहेको बेला नेवि संघ सप्तरीका सामान्य कार्यकर्ता राकेश ठाकुरले सामाजिक संजाल मार्फत विद्यार्थी संगठनहरुलाई बदनाम गर्ने टिकाटिप्पणी गरेको भन्दै उनलाई साधारण सदस्य समेतबाट निष्काशन गरेको नेवी संघका अध्यक्ष धनानन्द यादवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
सहमतिपछि पुस्तक पसलको तालाबन्दी खोलिए, पुस्तकमा छुट दिने सम्बन्धमा आ–आफ्नै तर्क
सारांश
- वार्तामा सिन्डीकेट प्रणाली खारेज गर्दै बजारमा रहेका अन्य पुस्तक पसलहरुबाट सहज रुपमा पुस्तक पाइने र कक्षा नर्सरीदेखी १० सम्मको पाठ्यपुस्तकमा १० प्रतिशत छुट दिने सहमति भएको जारि विज्ञप्तिमा उल्लेख छ ।
- सहमति लगत्तै विद्यार्थीहरुले गत बिहीबार स्थानिय गजेन्द्र चौकस्थित पुस्तक महल नामक पसलमा लगाएको ताला खोल्नुका साथै आन्दोलनका अन्य कार्यक्रम स्थगित गरेका छन् ।
- स्थानिय केही पुस्तक व्यवसायीहरु मिलेर शैक्षिक सत्र सुरु भए लगत्तै गत १ बैशाखदेखी पुस्तक महल नामक अस्थायी पसल संचालन गरेर निजी विद्यालयका पुस्तकहरु एकलौटी ढंगले बिक्रि बितरण गर्दै आइरहेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया