छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 

राजविराज राजविराज
|
सोमबार, श्रावण २६, २०८२
|
|
७७ पटक हेरिएको
Shares
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 

सारांश

  •     सोमबार बिहान जिल्लाको शम्भुनाथ नगरपालिका ८ पोखरियास्थित भित्री सडक खण्डमा टेम्पु र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
  •       पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ न.
  • को टेम्पु रिक्सा र बिपरित दिशाबाट आँउदै गरेको मधेश प्रदेश ०१–००५प.

दैनिक समाचारदाता
राजविराज, २६ साउन । 

    सप्तरीको छुट्टाछुट्टै दुई स्थानमा सोमबार भएको सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु भएको छ । 
    सोमबार बिहान जिल्लाको शम्भुनाथ नगरपालिका ८ पोखरियास्थित भित्री सडक खण्डमा टेम्पु र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 
    पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ न.को टेम्पु रिक्सा र बिपरित दिशाबाट आँउदै गरेको मधेश प्रदेश ०१–००५प.५७३३ न.को मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 
    मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ २ कनकपट्टी बस्ने २४ वर्षिय अजय कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीका अनुसार दुर्घटनामा परी गम्भिर घाइते भएका मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको हो । 
    यता सोही दुर्घटनामा घाइते भएका टेम्पु चालक शम्भुनाथ ८ पोखरिया बस्ने ४५ वर्षिय मणिलाल मण्डल र सोही टेम्पुमा सवार निजकै श्रीमती ४० वर्षिया आशा देवी मण्डलको एडभान्स अस्पताल कल्याणपुर सप्तरीमा उपचार भई रहेको प्रहरीले जनाएको छ । 
    यसैगरि सोही दिन दिउँसो जिल्लाको बलान बिहुल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामामा सोही गाउँपालिका २ दिघिया टोल बस्ने ३० बर्षीया शान्ति कुमारी यादवको ज्यान गएको हो । 
    प्रहरीका अनुसार देवर गयाप्रसाद यादवले चलाएको अन टेस्ट मोटरसाइकलमा आफ्ना तीन बर्षीय छोरा समेतलाई लिई शान्ति बोदेबर्साइनबाट चन्हीतर्फ गइरहेकी थिइन् । 
    सोही क्रममा बलान बिहुल ६ शेहरा चौकस्थित हुलाकी सड्क खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 
    दुर्घटनामा मोटरसाईकल चालक गयाप्रसाद, शान्तिदेवी र उनका तीन बर्षीय छोरा आदित्य घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि अस्पताल पु¥याएकोमा शान्तिदेवीलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेवि संघको जागरण अभियान सप्तरीबाट शुरु
नेवि संघको जागरण अभियान सप्तरीबाट शुरु
शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा 
शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा 
जसपा अध्यक्ष र मन्त्रीले एकै दिन गरे चार सडकको शिलान्यास
जसपा अध्यक्ष र मन्त्रीले एकै दिन गरे चार सडकको शिलान्यास
प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी  
प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी  
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
राष्ट्रपतिले संविधान उल्लंघन  गरिन् ः सामाजिक विकास मन्त्री साह
राष्ट्रपतिले संविधान उल्लंघन  गरिन् ः सामाजिक विकास मन्त्री साह
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
सोह्र महिनादेखी लगाइएको ताला  फुटाइए लगत्तै पुनः लगाइए अर्को ताला 
तिलाठी कोइलाडीमा छोरीहरुको बीमा कार्यक्रम शुरु
तिलाठी कोइलाडीमा छोरीहरुको बीमा कार्यक्रम शुरु