छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 

राजविराज राजविराज
|
सोमबार, श्रावण २६, २०८२
|
|
११६ पटक हेरिएको
Shares
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 

सारांश

  •     सोमबार बिहान जिल्लाको शम्भुनाथ नगरपालिका ८ पोखरियास्थित भित्री सडक खण्डमा टेम्पु र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
  •       पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ न.
  • को टेम्पु रिक्सा र बिपरित दिशाबाट आँउदै गरेको मधेश प्रदेश ०१–००५प.

दैनिक समाचारदाता
राजविराज, २६ साउन । 

    सप्तरीको छुट्टाछुट्टै दुई स्थानमा सोमबार भएको सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु भएको छ । 
    सोमबार बिहान जिल्लाको शम्भुनाथ नगरपालिका ८ पोखरियास्थित भित्री सडक खण्डमा टेम्पु र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 
    पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ न.को टेम्पु रिक्सा र बिपरित दिशाबाट आँउदै गरेको मधेश प्रदेश ०१–००५प.५७३३ न.को मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 
    मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ २ कनकपट्टी बस्ने २४ वर्षिय अजय कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीका अनुसार दुर्घटनामा परी गम्भिर घाइते भएका मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको हो । 
    यता सोही दुर्घटनामा घाइते भएका टेम्पु चालक शम्भुनाथ ८ पोखरिया बस्ने ४५ वर्षिय मणिलाल मण्डल र सोही टेम्पुमा सवार निजकै श्रीमती ४० वर्षिया आशा देवी मण्डलको एडभान्स अस्पताल कल्याणपुर सप्तरीमा उपचार भई रहेको प्रहरीले जनाएको छ । 
    यसैगरि सोही दिन दिउँसो जिल्लाको बलान बिहुल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामामा सोही गाउँपालिका २ दिघिया टोल बस्ने ३० बर्षीया शान्ति कुमारी यादवको ज्यान गएको हो । 
    प्रहरीका अनुसार देवर गयाप्रसाद यादवले चलाएको अन टेस्ट मोटरसाइकलमा आफ्ना तीन बर्षीय छोरा समेतलाई लिई शान्ति बोदेबर्साइनबाट चन्हीतर्फ गइरहेकी थिइन् । 
    सोही क्रममा बलान बिहुल ६ शेहरा चौकस्थित हुलाकी सड्क खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 
    दुर्घटनामा मोटरसाईकल चालक गयाप्रसाद, शान्तिदेवी र उनका तीन बर्षीय छोरा आदित्य घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि अस्पताल पु¥याएकोमा शान्तिदेवीलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी