दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
सप्तरी प्रहरीले मंगलबार एक लाख भन्दा बढी मुल्य बराबरको भन्सार छलेका अवैध विभिन्न कपडा तथा किराना सामानहरु बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको गस्ती टोलीले जिल्लाको बिभिन्न स्थानमा वेवारिसे अवस्थामा रहेका भन्सार छली तथा चोरी पैठारी गरि ल्याइएको ती कपडा र किराना सामानहरु बरामद गरेको जनाएको छ ।
रामद गरिएका सामानहरमा धोती, ब्लाउजका कपडा, कुर्थासुरुवाल, गम्छा, सुति साडी, कुरकुरे, सुर्ती, खाना पकाउने भाडा, रबर, क्लिप, रिबन लगायत छन् । ती सामानहरु १ लाख २२ हजार ५ सय ५५ रुपैयाको रहेको मुल्याङ्कन गरिएको छ ।
बरामद सामानहरुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भन्सार छलेका विभिन्न कपडा तथा किराना सामानहरु बरामद
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीको गस्ती टोलीले जिल्लाको बिभिन्न स्थानमा वेवारिसे अवस्थामा रहेका भन्सार छली तथा चोरी पैठारी गरि ल्याइएको ती कपडा र किराना सामानहरु बरामद गरेको जनाएको छ ।
- रामद गरिएका सामानहरमा धोती, ब्लाउजका कपडा, कुर्थासुरुवाल, गम्छा, सुति साडी, कुरकुरे, सुर्ती, खाना पकाउने भाडा, रबर, क्लिप, रिबन लगायत छन् ।
- ती सामानहरु १ लाख २२ हजार ५ सय ५५ रुपैयाको रहेको मुल्याङ्कन गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया