राजविराज÷सप्तरीको बोदे बर्साईन नगरपालिका ५ जाँजरमा शनिवारदेखि चाम्पियन स्टार क्रिकेट टिमद्वारा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न उद्घाटन खेलमा बैरिया बिजयी भएको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको बैरियाले निर्धारित २० ओभरमा अलआउट हुँदै २१० रनको योगफल बनाएको थियो । जसमा बैरियाका बिशालले सतक जोडेको थियो भने राजेशले ४९ र मुन्ना खानले २० र गोबिन्दले १० रनको योगदान थियो । लौकहीका प्रदीप ३, जिया अन्सारी र रफिक नाज २÷२, मनोज र मन्जरले १÷१ बिकेट हात पारेको थियो ।
प्रतिउत्तरमा २११ रनको बिजयी लक्ष्यसहित मैदान उत्रेको लौकही टिमले अलआउट हुदै १०५ रन मात्र बनाउन सक्यो । जसमा लौकहीका अजितले सर्बाधिक २१ रन बनाएको थियो भने प्रदीप कुमार १८ र जिया अन्सारीले १३ रन र सुभाष १२ रनको योगदान गरेको थियो । लौकहीलाई सस्तैमा समेटिन बैरियाका रबिन्दर ३, राजेश, आकाश र प्रियान्सले समान २÷२ तथा राजेशले १ बिकेट लिएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बैरियाका बिशाल घोषित भए । प्रतियोगिता अन्तर्गत आईतवार मिर्चैया सिरहा र कुशहा सप्तरीको बीच हुने आयोजकले जनाएको छ । यसअघि आयोजक खेलकुद समिति अध्यक्ष मो. मन्सुर अध्यक्षतामा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य अभिषेक प्रसाद यादवले उद्घाटन गरेका थिए ।
को कार्यक्रममा अतिथि बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मो. मजेवुल रहमान, जिल्ला समन्वय समिति सप्तरी सदस्य मो. दाउद हुसेन, राजपा नगर संयोजक अमरेन्द्र यादव, नेकपा युवा नेता प्रमोद यादव, ईलका प्रहरी कार्यालय बोदे बर्साईन प्रहरी नायव निरीक्षक प्रदिप सिंह, पत्रकार लोकेन्द्र प्रसाद यादवले बोल्नुभयो ।
प्रतियोगिताको बिजेताले रु. ५१ हजार मेडल र उपबिजेताले रु. ३१ हजार हात पार्ने छ ।
जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु
सारांश
- प्रतिउत्तरमा २११ रनको बिजयी लक्ष्यसहित मैदान उत्रेको लौकही टिमले अलआउट हुदै १०५ रन मात्र बनाउन सक्यो ।
- जसमा लौकहीका अजितले सर्बाधिक २१ रन बनाएको थियो भने प्रदीप कुमार १८ र जिया अन्सारीले १३ रन र सुभाष १२ रनको योगदान गरेको थियो ।
- लौकहीलाई सस्तैमा समेटिन बैरियाका रबिन्दर ३, राजेश, आकाश र प्रियान्सले समान २÷२ तथा राजेशले १ बिकेट लिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया