दैनिक समाचारदाता
राजविराज, २० असार ।
प्रथम राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता अन्तरगत सोमबार भएको उद्घाटन खेलमा सप्तरी पराजित भएको छ ।
सोमबारदेखी राजविराजमा सुरु भएको उक्त प्रतियोगितामा सुनसरीले सप्तरीलाई पराजित गरेको हो ।
राजविराज ८ स्थित राधाकृष्ण मन्दिरको प्राङ्गणमा सुरु भएको उद्घाटन खेलमा सुनसरीले सप्तरीलाई ४३–४२ को झिनो अन्तरले हराएको हो ।
जिल्ला कबड्डी संघको आयोजना तथा अखिल नेपाल कबड्डी संघको समनवयमा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख भिमराज यादवले उद्घाटन गरे ।
उद्घाटन गर्दै प्रमुख यादवले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास मात्र नभई खेलाडीको विकासका लागि समेत टेवा पुग्ने बताए । उनले खेलकुदको विकासका लागि आफूले साधनश्रोतले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
प्रतियोगितामा घरेलु टोली सप्तरीका साथै सुनसरी, झापा, मोरङ, उदयपुर, धनुषा लगायत ६ टिमको सहभागिता रहेको अखिल नेपाल कबड्डी संघका कोषाध्यक्ष समेत रहेका प्रतियोगिता मुल आयोजन तथा व्यवस्थापन समितिका संयोजक अरबिन्द झाले जानकारी दिए ।
जिल्ला कबड्डी संघका अध्यक्ष धिरेन्द्र बर्माले प्रतियोगिता असार २२ गते सम्म चल्ने जानकारी दिदै प्रतियोगिताका बिजेता र उपबिजेताले नगद र ट्रफि पाउने तथा विभिन्न विद्यामा समेत उत्कृष्ठ खेलाडीले पुरस्कार पाउने जनाए ।
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित
सारांश
- सोमबारदेखी राजविराजमा सुरु भएको उक्त प्रतियोगितामा सुनसरीले सप्तरीलाई पराजित गरेको हो ।
- राजविराज ८ स्थित राधाकृष्ण मन्दिरको प्राङ्गणमा सुरु भएको उद्घाटन खेलमा सुनसरीले सप्तरीलाई ४३–४२ को झिनो अन्तरले हराएको हो ।
- जिल्ला कबड्डी संघको आयोजना तथा अखिल नेपाल कबड्डी संघको समनवयमा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख भिमराज यादवले उद्घाटन गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया