दैनिक समाचारदाता
सिरहा, १६ असार ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका ११ स्थित पडरिया चोकमा सामेबार दिउँसो एक यात्रु सवार म्याजिकलाई माल बाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन यात्रु घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना. १ ज. ७४५४ नम्बरको म्याजिकले यात्रु चढाउने क्रममा सोही दिशामा गइरहेको ना. ८ ख. २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदाँ सो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।
दुर्घटनामा परेर म्याजिकमा सवार तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिरहाको पुरानो चोहर्वा निवासी ४० वर्षीय गणपति महरा, सिरहाकै वरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी राम र नाम ठेगाना नखुलेको एक महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिएका छन् ।
घाईते १२ जना मध्ये एकको अवस्था चिन्ताजनक रहेको छ भने अन्यहरुको लहानस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै ट्रक र म्याजिकका चालक फरार भएका छन् भने उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
सारांश
- पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना.
- १ ज.
- ७४५४ नम्बरको म्याजिकले यात्रु चढाउने क्रममा सोही दिशामा गइरहेको ना.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया