म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते

राजविराज राजविराज
|
सोमबार, आषाढ १६, २०७६
|
|
८८ पटक हेरिएको
Shares
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते

सारांश

  •     पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना.
  • १ ज.
  • ७४५४ नम्बरको म्याजिकले यात्रु चढाउने क्रममा सोही दिशामा गइरहेको ना.

दैनिक समाचारदाता
सिरहा, १६ असार । 
    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका ११ स्थित पडरिया चोकमा सामेबार दिउँसो एक यात्रु सवार म्याजिकलाई माल बाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन यात्रु घाइते भएका छन् । 
    पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना. १ ज. ७४५४ नम्बरको म्याजिकले यात्रु चढाउने क्रममा सोही दिशामा गइरहेको ना. ८ ख. २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदाँ सो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ । 
    दुर्घटनामा परेर म्याजिकमा सवार तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिरहाको पुरानो चोहर्वा निवासी ४० वर्षीय गणपति महरा, सिरहाकै वरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी राम र नाम ठेगाना नखुलेको एक महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिएका छन् ।
    घाईते १२ जना मध्ये एकको अवस्था चिन्ताजनक रहेको छ भने अन्यहरुको लहानस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
    दुर्घटना लगत्तै ट्रक र म्याजिकका चालक फरार भएका छन् भने उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?