जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे

राजविराज राजविराज
|
आइतबार, चैत्र ३, २०८१
|
|
६८ पटक हेरिएको
Shares
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे

सारांश

  •     मुख्यमन्त्री सिंहले सप्तरी सदरमुकाम राजविराज आधा दर्जन अस्पताल तथा स्वास्थ्य संस्थामा अनुगमन गरेका हुन् ।
  • सो क्रममा मापदण्ड पुरा नगरेका तथा दर्ता विना नै सञ्चालनमा रहेका दुई स्वास्थ्य संस्थालाई बन्द गर्न निर्देशन दिएका छन् ।
  •       मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले संघीय सरकारको मातहतमा रहेका गजेन्द्र नारायण सिंह अस्पतालका साथै निजी क्षेत्रद्वारा सञ्चालित छिन्नमस्ता अस्पताल, युनिक सिटि अस्पताल, सन्जनदीप हस्पीटल प्रालि, अनार भुवनेश्वर हस्पीटल प्रालि, भारती इमेजिङ्ग सेन्टर र गजेन्द्रनारायण सिंह अस्पतालका पुर्व मेडिकल सुपरीटेण्डेन्ट डा दिलिप साहद्वारा सञ्चालित निजी क्लिनिकको अनुगमन गरे ।

दैनिक समाचारदाता
राजविराज, ३ चैत ।    

    मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेशका जिल्लाहरुका अस्पताल तथा स्वास्थ्य संस्थामा गरिरहेको अनुगमनलाई निरन्तरता दिँदै आइतबार आफ्नै गृह जिल्ला सप्तरीमा पनि अनुगमन गरेका छन् ।  
    मुख्यमन्त्री सिंहले सप्तरी सदरमुकाम राजविराज आधा दर्जन अस्पताल तथा स्वास्थ्य संस्थामा अनुगमन गरेका हुन् । सो क्रममा मापदण्ड पुरा नगरेका तथा दर्ता विना नै सञ्चालनमा रहेका दुई स्वास्थ्य संस्थालाई बन्द गर्न निर्देशन दिएका छन् । 
    मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले संघीय सरकारको मातहतमा रहेका गजेन्द्र नारायण सिंह अस्पतालका साथै निजी क्षेत्रद्वारा सञ्चालित छिन्नमस्ता अस्पताल, युनिक सिटि अस्पताल, सन्जनदीप हस्पीटल प्रालि, अनार भुवनेश्वर हस्पीटल प्रालि, भारती इमेजिङ्ग सेन्टर र गजेन्द्रनारायण सिंह अस्पतालका पुर्व मेडिकल सुपरीटेण्डेन्ट डा दिलिप साहद्वारा सञ्चालित निजी क्लिनिकको अनुगमन गरे ।
    सो क्रममा पुर्व मेसु डाष्स्. साहले सञ्चालन गरेको क्लिनिक मापदण्ड विपरित भएकोले तत्कालै प्रक्रिया पुरा नभए सम्मका लागि उक्त क्लिनिक बन्द गर्ने आदेश सहितको पत्र थमाइएको अनुगमन टोलीमा सहभागी मधेश प्रदेश मुख्यमन्त्री कार्यालयका जनस्वास्थ्य अधिकृत संतोष ठाकुरले जानकारी दिए ।
    उक्त क्लिनिक बन्द भएसंगै त्यहाँ भर्ना रहेका दुई दर्जन विरामीलाई उपयुक्त अस्पतालमा स्थानान्तरण गरि उपचारको व्यवस्था मिलाउने र नयाँ विरामी भर्ना नगर्न समेत क्लिनिक सञ्चालकलाई निर्देशन दिएको अधिकृत ठाकुरले बताए ।
    भारती इमेजिङ्ग सेन्टर संग स्वास्थ्य मन्त्रालयको अनुमति नदेखिएकाले तत्काल सो प्रक्रियामा जान भन्दै टोलीद्वारा समय सिमा तोकेरै सञ्चालकलाई पत्र थमाइएको छ ।
    यस्तै युनिक सिटि हस्पीटल र अनार भुवनेश्वर हस्पीटल प्रालिलाई दुई महिना भित्र नविकरण तथा विपन्न समुदायका विरमीलाई दिने दश प्रतिशत छुटको विवरण उपलब्ध गराउन तथा सन्जनदीप हस्पीटल प्रालिलाई दुई महिना भित्र स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुरा गर्न र शल्यक्रिया कक्षमा एनेशथेसिया चिकित्सकको व्यवस्था गर्न निर्देशन सहितको पत्र दिईएको छ ।
    अनुगमनको खवर पाएपछि मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरुले सटर बन्द गरेर भागेका थिए । 
    प्रदेश भरिका अस्पताल र स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुको अनुगमन गर्ने अभियान चलिरहेका बखत आफ्नो गृह जिल्लाको अस्पतालहरुलाई पनि अनुगमन गरिदिन जनस्तरबाट गरिएको मध्य नजर गर्दै अनुगमन गरिएको मुख्यमन्त्री सिंहले बताए । 
    मापदण्ड पुरा नगरेका तथा दर्ता विना नै संचालनमा रहेका स्वास्थ्य संस्थालाई नियमन गरि व्यवस्थित गर्ने उद्देश्यले यस्तो अभियान थालिएको र यो क्रम चलिरहने उनको भनाई छ ।
    अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले स्वास्थ्यकर्मीहरुको परिचयपत्र, अस्पतालको सरसफाई तथा बेडबेडमा पुगि बिरामीहरुको अवस्था बारे जानकारी समेत लिएका थिए ।  
    मापदण्ड विपरित सञ्चालनमा रहेका अस्पताल र स्वास्थ्य संस्थालाई व्यवस्थित गर्न चलाईएको अभियानले यस क्षेत्रमा सुधार ल्याउनुका साथै विरामीले सहज र सुलभ ढंगबाट स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
हुण्डि कारोबारमा संलग्न  रहेको आरोपमा मेहता पक्राउ
हुण्डि कारोबारमा संलग्न  रहेको आरोपमा मेहता पक्राउ
छिन्नमस्ता शक्तिपिठमा मास्क अनिवार्य
छिन्नमस्ता शक्तिपिठमा मास्क अनिवार्य
ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त 
ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त 
बालबालिकाले लाइटर खेलाउँदै गर्दा सल्केको आगोले लाखौंको सम्पत्ति नष्ट, महिला घाइते
बालबालिकाले लाइटर खेलाउँदै गर्दा सल्केको आगोले लाखौंको सम्पत्ति नष्ट, महिला घाइते
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा