राजविराज/सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढामा बाढी आउँदा स्थानियहरु रातभर जाग्राम बस्न बाध्य छन् । सो गाउँमा बर्षेणी बाढी आउने गर्दछ ।
चारैतिर सप्तकोशी नदीले घेरिएको सो गाउँमा शुक्रबार पनि विगतका वर्ष झैं यस वर्ष पनि बाढी पस्दा चार जनाको घर भत्काउनुका साथै चार दर्जन घर जलमग्न भएपछि स्थानिय त्रसित भएका छन् ।
बाढी पसेपछि गाउँकै उच्च स्थानमा रहेको राष्ट्रिय प्राथमिक आधारभुत विद्यालयमा आश्रय लिन पुगेका सबै परिवार भने पानी घट्दै गएपनि शनिबार घर फर्किएको नगर प्रमुख शैलेश साहले जानकारी दिएका छन् ।
वर्षा भए फेरी डुवान पर्ने जोखिम कायमै रहेकाले त्रासमा आफूहरु रातमा जाग्राम बस्न थालेको स्थानिय हरि यादवले सुनाए । वर्षासँगै सप्तकोशीको बाढी कुनै बेला पनि फेरी आउन सक्ने भएकाले रातभर जाग्राम बस्न बाध्य छन् उनीहरु ।
यता जोखिमलाई ध्यानमा राख्दै सो बस्तीमा आवश्यक पर्ने डुङ्गा तयारी अवस्थामा राखिएको नगर प्रमुख साहले बताए । वडा अध्यक्ष यादवले नगरपालिकाबाट ६ वटा डुङ्गा सहयोग स्वरुप प्राप्त भएको र सो ढुङ्गाहरु बस्तीमै तयारी अवस्थामा राखिएको जानकारी दिए ।
सुख्खायाममा पैदल, बयलगाढा, मोटरसाइकल, ट्याक्टर तथा वर्षायाममा डुङ्गाले मात्र आवतजावत हुने गोबरगाढा गाउँमा बाढी पसेको यो पहिलो होइन् । प्रत्येक वर्ष वर्षायाममा सो गाउँको पूरानो बस्ती मानिएको उक्त बस्तीमा वर्षायामसँगै बाढी पस्ने र स्थानिय बिस्थापित हुने गरेका छन् ।
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
सारांश
- वर्षा भए फेरी डुवान पर्ने जोखिम कायमै रहेकाले त्रासमा आफूहरु रातमा जाग्राम बस्न थालेको स्थानिय हरि यादवले सुनाए ।
- वर्षासँगै सप्तकोशीको बाढी कुनै बेला पनि फेरी आउन सक्ने भएकाले रातभर जाग्राम बस्न बाध्य छन् उनीहरु ।
- यता जोखिमलाई ध्यानमा राख्दै सो बस्तीमा आवश्यक पर्ने डुङ्गा तयारी अवस्थामा राखिएको नगर प्रमुख साहले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया