दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा लामो समयदेखि बन्द रहेका एचडीयु र एनआईसीयु सेवा बुधबारदेखि सञ्चालनमा आएको छ ।
अस्पतालका सम्पूर्ण चिकित्सक, नर्सिङ्ग कर्मचारी, पारामेडिक्स तथा अन्य कर्मचारीहरूको सक्रिय सहयोग, समन्वय र प्रतिबद्धताका साथ सफलतापूर्वक उक्त सेवाहरु सञ्चालनमा ल्याइएको मेडिकल सुपरिन्टेन्डेन्ट अवधेश कुमार मिश्रले जानकारी दिएका छन् ।
नवजात शिशु तथा गम्भीर अवस्थाका बिरामीहरूको उपचारमा महत्वपूर्ण मानिने एचडीयु र एनआईसीयु सेवा पुनः सञ्चालनमा आएपछि अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीहरुलाई ठूलो राहत पुग्ने उनले विश्वास व्यक्त गरे ।
अस्पताल प्रशासनले जनशक्ती, उपकरण तथा उचित व्यवस्थापन हुन नसक्दा अस्तव्यस्त र आलोचना खेप्दै आएको थियो । आवश्यक जनशक्तीको अभावमा अस्पतालको एचडियु सेवा विगत एक वर्ष देखी बन्द थियो । यस्तै सर्ट सर्किट तथा अन्य उपकरण र मेडिकल अफिसरको अभावमा विगत तीन महिना देखी बन्द रहेको एनआइसियु सेवा पनि बुधवार देखी नै पुनः सुचारु गरिएको छ ।
यता १०÷१२ दिन भित्रै अस्पतालबाट पहिलो पटक डेन्टलको ओपिजी र सिडिसिटी सेवा पनि सूरु गर्ने गरी तयारी अघि बढेको अस्पताल प्रशासनले जानकारी दिएका छ ।
अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
सारांश
- अस्पतालका सम्पूर्ण चिकित्सक, नर्सिङ्ग कर्मचारी, पारामेडिक्स तथा अन्य कर्मचारीहरूको सक्रिय सहयोग, समन्वय र प्रतिबद्धताका साथ सफलतापूर्वक उक्त सेवाहरु सञ्चालनमा ल्याइएको मेडिकल सुपरिन्टेन्डेन्ट अवधेश कुमार मिश्रले जानकारी दिएका छन् ।
- नवजात शिशु तथा गम्भीर अवस्थाका बिरामीहरूको उपचारमा महत्वपूर्ण मानिने एचडीयु र एनआईसीयु सेवा पुनः सञ्चालनमा आएपछि अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीहरुलाई ठूलो राहत पुग्ने उनले विश्वास व्यक्त गरे ।
- अस्पताल प्रशासनले जनशक्ती, उपकरण तथा उचित व्यवस्थापन हुन नसक्दा अस्तव्यस्त र आलोचना खेप्दै आएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया