करोडौं रकम खर्च गरिएको सडकमा वर्षाको पानी जम्दा पोखरीमा परिणत

राजविराज राजविराज
|
बुधबार, आश्विन १४, २०७७
|
|
३८ पटक हेरिएको
Shares
करोडौं रकम खर्च गरिएको सडकमा वर्षाको पानी जम्दा पोखरीमा परिणत

सारांश

  •     सो वडास्थित हिमालय टोलका बासिन्दाहरु सडकमै वर्षाको पानी जम्दा पनि आवतजावत गर्न बाध्य छन् ।
  • मंगलबार केही बेर वर्षा भएपछि पानी जमेर सडक पोखरीमै परिणत भएको दृश्य देखिएको छ ।
  • यो दृश्य मंगलबारको मात्र नभएर जहिले वर्षा हुन्छ, यस्तो दृश्य हेर्न सकिन्छ ।

दैनिक समाचारदाता
राजविराज, १३ असोज । 
    राजविराज नगरपालिका वडा नं. ८ मा वर्षाको पानीको निकास नहुँदा वर्षौदेखी स्थानियहरुले सास्ती व्यहोर्नु परेको छ । 
    सो वडास्थित हिमालय टोलका बासिन्दाहरु सडकमै वर्षाको पानी जम्दा पनि आवतजावत गर्न बाध्य छन् । मंगलबार केही बेर वर्षा भएपछि पानी जमेर सडक पोखरीमै परिणत भएको दृश्य देखिएको छ । यो दृश्य मंगलबारको मात्र नभएर जहिले वर्षा हुन्छ, यस्तो दृश्य हेर्न सकिन्छ । यता सामान्य वर्षामा पनि दुई तिन फिटसम्म बाटोमै पानी जम्ने र त्यो सुक्न एक साता बढी समय लाग्ने गरेको छ । 
    पानीको निकास नभएपछि वर्षाको पानी सडकहुँदै घर घरमा पस्ने र चर्को घाम लागेपछि मात्र सुक्ने गरेको छ । हावाहुरीको समयमा धुलो उड्ने र वर्षामा पानी सडकमै जम्ने गरेको यो सडक विगत ४० वर्षदेखी ४ सय मिटर लम्बाई बाटो कायम रहेको छ । यस सडक खण्डमा हालसम्म वडा कार्यालयले कुनै ठोस काम समेत गर्न नसकेको स्थानियको आरोप छ । 
    स्थानिय जनप्रतिनिधि आएको तीन वर्ष बितिसक्दा समेत यस सडकखण्डको स्तरोन्तरीको कुनै ठोस काम हुनसकेको छैन् । स्थानियहरु बाटोका लागि जग्गा नछोडी घर बनाउँदै गर्दा बाटो साँघुरो समेत हुँदै गएको छ । साघँुरो बाटो भएपछि अहिले सो सडकबाट कुनै ठूलो सवारीसाधन चल्न सकिरहेको छैन् । घर निर्माणदेखी विभिन्न ठूला यातायातका साधनहरु यस सडक खण्डबाट आवतजावत गर्न नसक्दा ढुवानी खर्च समेत बढ्ने गरेको छ । 
    विगतमा जनप्रतिनिधि नहुँदा नगरपालिकाकै कर्मचारी वडा सचिव भएर काम गर्दा यस सडक खण्डमा ठोस काम हुन सकेन् । मात्र ग्राभेल र माटोको काम देखाउँदै बजेट कुम्ल्याएको देखिन्छ । यस सडक खण्डमा विगत चार दशकदेखी करोडौ रकम निकासा भइसकेको नगरपालिकाको विभिन्न आर्थिक वर्षको बिल भरपाईबाट पुष्टि हुनजान्छ । 
    यता जिर्ण रहेको यस सडक खण्ड नवनिर्माणका लागि गत आ.ब.को सघन सहरी विकास डिभिजन कार्यालयले ठेन्डर गरिसकेको वडा अध्यक्ष जयनारायण मण्डलको दाबी छ । 
    उनले पानी जम्ने समस्याको समाधानका लागि आफूले पहल गरेको बताउँदै ठोस समाधानका लागि नयाँ सडक र नाला निर्माण नै विकल्प रहेको उल्लेख गरे । जबसम्म बाटो र नाला बन्दैन तबसम्म कुनै पनि अस्थायी पहल काम नलाग्ने उनको भनाई छ । 
    बाटो निर्माणका लागि गत वर्ष वडा कार्यालयले ६ मिटरको सडक फराकिलो बनाउन सूचना टाँस गरेपनि हालसम्म कुनै कार्य भौतिक रुपमा अगाडी बढ्न सकेको छैन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
सेनाले दियो बिपद् ब्यबस्थापन बारे तालिम 
सेनाले दियो बिपद् ब्यबस्थापन बारे तालिम 
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
ब्युटी, लक्ष्मीपछि सरस्वतीको बिजोग, अदालतको आदेशपछि ताला फुटाएर सरस्वतीलाई गराइयो गृह प्रवेश ….
ब्युटी, लक्ष्मीपछि सरस्वतीको बिजोग, अदालतको आदेशपछि ताला फुटाएर सरस्वतीलाई गराइयो गृह प्रवेश ….
रामराजा स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने ः प्याकुरेल
रामराजा स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने ः प्याकुरेल
गुडिरहेको ट्रकमा आगलागी 
गुडिरहेको ट्रकमा आगलागी 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?