दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
विराटनगरबाट राजविराजतर्फ आउँदै गरेको माइक्रो र मोटरसाइकल एकआपसमा ठोकिदा भएको दुर्घटनामा मंगलबार तीन जनाको मृत्यु भएको छ । घटनामा आधा दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् ।
बिराटनगरबाट राजविराजतर्फ आउदै गरेको प्रदेश १–०२–११०ज.३८६८ नम्वरको माइक्रो तथा विपरित दिशाबाट आउँदै गरेको को.३४प. ४६९४ नम्वरको मोटरसाइकल एकआपसमा ठोकिदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका ३ का ४४ वर्षिय विर्ख मण्डल तथा माइक्रोका सहचालक राजविराज नगरपालिका १ निवासी २२ वर्षिय शंकर यादव तथा सोही माइक्रोमा सवार एक महिलाको मृत्यु भएको छ । यद्दपी ती महिलाको पहिचान खुल्न सकेको छैन् ।
दुहवी नगरपालिका १० सिमरियास्थित सडकखण्डमा भएको दुर्घटनामा विराटनगरका ५२ वर्षीय जय नारायण यादव, सप्तरीको मन्सापुरकी ६० वर्षीया ईन्द्रमला देवी, राजविराज ७ का १४ वर्षीय निरज यादव, ३८ वर्षीय सुरेश मण्डल लगायत घाइते भएका छन् ।
यस्तै सुनसरीको ईनरुवा ८ गणेशपुरका ५२ वर्षीय चन्द्र मेहता, भोक्राहाका १९ वर्षीय प्रशान्त यादव, प्रकाशपुरका २३ वर्षीय भरत यादव घाइते भएका छन् ।
घाइते सबैको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरी श्रोतले जनाएको छ ।
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
सारांश
- बिराटनगरबाट राजविराजतर्फ आउदै गरेको प्रदेश १–०२–११०ज.
- ३८६८ नम्वरको माइक्रो तथा विपरित दिशाबाट आउँदै गरेको को.
- ३४प.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया