प्रदेश २ मा ५६ जना कोरोना संक्रमित, तीनको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, चैत्र ३१, २०७७
|
|
३५ पटक हेरिएको
Shares
प्रदेश २ मा ५६ जना कोरोना संक्रमित, तीनको मृत्यु

सारांश

  •     मृत्यु हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ९ बस्ने ३७ बर्षीय पुरुष, पर्साको बीरगंज महानगरपालिका ३ बस्ने ६२ बर्षीय पुरुष र पर्साकै कालिकामाई गाउँपालिका २ बस्ने ५५ बर्षीय पुरुष छन् ।
  •       बाराका ३७ बर्षीय पुरुष र बीरगंजका ६२ बर्षीय पुरुषको नारायणी अस्पताल बीरगंजमा उपचारका क्रममा र कालिकामाई २ का ५५ बर्षीय पुरुषको भरतपुर अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • योसँगै प्रदेशमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २ सय १२ पुगेको छ ।

दैनिक समाचारदाता
राजबिराज, ३१ चैत । 
    प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । 
    मृत्यु हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ९ बस्ने ३७ बर्षीय पुरुष, पर्साको बीरगंज महानगरपालिका ३ बस्ने ६२ बर्षीय पुरुष र पर्साकै कालिकामाई गाउँपालिका २ बस्ने ५५ बर्षीय पुरुष छन् । 
    बाराका ३७ बर्षीय पुरुष र बीरगंजका ६२ बर्षीय पुरुषको नारायणी अस्पताल बीरगंजमा उपचारका क्रममा र कालिकामाई २ का ५५ बर्षीय पुरुषको भरतपुर अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २ सय १२ पुगेको छ ।  
    यसअघि प्रदेशको बिभिन्न ठाउँमा रहेको कोरोना प्रयोगशालामा १ सय २५ जनाको परीक्षण गर्दा ५६ जना संक्रमित देखिएका छन् । 
    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा २६ वटा परीक्षण गर्दा १२ जना संक्रमित देखिका छन् । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा ४ जनाको परीक्षण गर्दा २ र नारायणी अस्पताल बीरगंजमा ९५ जनाको परीक्षण गर्दा ४० जना संक्रमित देखिएका छन् । 
    पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्साका ३८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुने १ जना बहादुरमाई नगरपालिकाका हुन् भने बाँकी सबै बीरगंज महानगरपालिकाका हुन् । 
    यस्तै, सिरहामा ७ जना, धनुषा र बारामा ४/४ जना, सप्तरीमा २ जना र महोत्तरीमा एक जना संक्रमित देखिएका छन् । योसँगै हालसम्म प्रदेशमा संक्रमित हुनेको संख्या १७ हजार ४ सय ३ पुगेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
उपसभामुखद्वारा किरिया खर्च प्रदान
उपसभामुखद्वारा किरिया खर्च प्रदान
मधेशी आयोगकी सदस्य सिंहलाई भारतीय पुरस्कार
मधेशी आयोगकी सदस्य सिंहलाई भारतीय पुरस्कार
लोसपाले मनायो वार्षिकोत्सव
लोसपाले मनायो वार्षिकोत्सव
रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न