रामराजा स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने ः प्याकुरेल

राजविराज राजविराज
|
मंगलबार, माघ २८, २०७६
|
|
७५ पटक हेरिएको
Shares
रामराजा स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने ः प्याकुरेल

सारांश

  •     आईतवार नेपाल राष्ट्रिय वाणिज्य संघ सप्तरीद्वारा आयोजना गरिएको ‘रामराजा प्रसाद सिंह स्वास्थ विज्ञान प्रतिष्ठान सम्बन्धि अन्तरक्रिया कार्यक्रम’मा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो जानकारीसँगै सहयोगका लागि आग्रह गरेका हुन् ।
  • सप्तरी क्षेत्र नं.
  • २ का सांसद तथा तत्कालीन उपप्रधान तथा स्वास्थ्य एवम् जनसंख्या मन्त्री उपेन्द्र यादवको समयमा प्रतिष्ठान स्थापनाका लागि पूर्वाधार तयारी विकास समितिको कार्यालय स्थापना भई प्रारम्भिक कार्यको लागि ४० करोड बजेट समेत छुट्याइएको थियो ।

दैनिक समाचरादाता
राजविराज, २६ माघ ।
    नेकपाका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य सुमन राज प्याकुरेलले राजविराजमा निर्माण हुने भनिएको रामराजा प्रसाद सिंह स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने भएकोले यसका लागि सबैको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ ।
    आईतवार नेपाल राष्ट्रिय वाणिज्य संघ सप्तरीद्वारा आयोजना गरिएको ‘रामराजा प्रसाद सिंह स्वास्थ विज्ञान प्रतिष्ठान सम्बन्धि अन्तरक्रिया कार्यक्रम’मा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो जानकारीसँगै सहयोगका लागि आग्रह गरेका हुन् । सप्तरी क्षेत्र नं. २ का सांसद तथा तत्कालीन उपप्रधान तथा स्वास्थ्य एवम् जनसंख्या मन्त्री उपेन्द्र यादवको समयमा प्रतिष्ठान स्थापनाका लागि पूर्वाधार तयारी विकास समितिको कार्यालय स्थापना भई प्रारम्भिक कार्यको लागि ४० करोड बजेट समेत छुट्याइएको थियो । तर यादव मन्त्री पदबाट हटेपछि प्रतिष्ठानको काममा अवरोध पो आउने हो कि ? भन्ने आशंकालाई चिर्दै प्याकुरेलले यसमा कुनै पनि शंका उपशंकाको गुन्जाईस नरहेको बताए । 
    ‘राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ विज्ञान प्रतिष्ठान स्थापना सप्तरीवासीले मात्र होइन प्रधानमन्त्री केपी ओलीको समेत सपना हो, उनले भने–प्रधानमन्त्री केपी ओलीले नै यसको शिलान्यास र उद्घाटन समेत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
    प्रधानमन्त्रीले नै प्रतिष्ठान स्थापनामा विशेष चासो राखेको बताउँदै नेता प्याकुरेलले यो काम कुनै पनि हालतमा नरोकिने दावी गर्दै भने– प्रतिष्ठानका लागि तपाईहरुले गठन गर्नुभएको दवाव समिति र संघर्ष समिति आजै 
विघटन गरी बरु सहयोग समितिमा परिणत गर्नुस्, मेरो आग्रह छ ।’ संघका अध्यक्ष सुरेश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद सरिता गिरी, प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव, उद्योग वाणिज्य संघ सप्तरीका उपाध्यक्ष शंकर दास, पशुपंछी व्यवसायी संघ प्रदेश २ का अध्यक्ष रामकृष्ण दास लगायतले पनि बोल्दै सप्तरीवासीमा प्रतिष्ठान स्थापना बारे रहेको विभिन्न अन्यौलता बारे आ–आफ्नो धारणा राखेका थिए । 
    मन्त्री परिषदको २०७५ पुस २३ गतेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । जसका लागि आवश्यक पर्ने ६२ विघा जग्गा समेत राजविराज नगरपालिकाले वडा नं १० मा निःशुल्क उपलब्ध गराइसकेको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?