दैनिक समाचारदाता
राजविराज, ११ जेठ ।
प्रहरीले चोरी मुद्दामा अदालतबाट कैद सजाय तोकिएर फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हुनमाननगर कंकालिनी नगरपालिका ६ का २८ वर्षिय मोहन कुमार राउत छन् ।
मोटरसाइकल चोरी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७७ चैत ५ गते राउतलाई तीन महिना कैद र ५ हजार जरिवानाको फैसला गरेको थियो । फैसला लगत्तै फरार रहेका उनलाई घरमै लुकिछिपी बसेको अवस्थामा पुगेको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
बुधबार नै अदालतमा उपस्थित गराइएका राउतलाई आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाइकल चोरीका फरार अभियुक्त पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको हुनमाननगर कंकालिनी नगरपालिका ६ का २८ वर्षिय मोहन कुमार राउत छन् ।
- मोटरसाइकल चोरी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७७ चैत ५ गते राउतलाई तीन महिना कैद र ५ हजार जरिवानाको फैसला गरेको थियो ।
- फैसला लगत्तै फरार रहेका उनलाई घरमै लुकिछिपी बसेको अवस्थामा पुगेको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया