दैनिक समाचारदानता
राजविराज, २६ भदौ ।
स्थानीय प्रशासनले अनिश्चितकालिन कफ्र्युको आदेश खुकुलो पारेपछि राजविराजमा बिहीबार साँझ किनमेल गर्नेको चहलपहल बढेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार दिउँसो ३ः३० बजेदेखी अनिश्चितकालिन कफ्र्य आदेश जारि गरेको थियो ।
जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले विहान १० बजेदेखि ५ बजे सम्म र बेलुका ७ बजेदेखि शुक्रबार विहान ६ बजे सम्मका लागि कफ्र्युको आदेश जारी गरेपछि राजविराजमा किनमेल गर्नेको चहलपहल बढेको हो ।
जेनजी आन्दोलनकारीहरुले मंगलबार गरेको प्रदर्शनले उग्ररुप लिदै सरकारी कार्यालयहरुमा आगजनी गरेपछि सोही दिन दिउसो साढे ३ बजे जिल्ला प्रशासन कार्यालय सप्तरीले कफ्र्युको आदेश जारी गरेको थियो ।
जिल्ला सुरक्षा समिति बैठकको निर्णयानुसार बिहीबार गतेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम सप्तरी जिल्ला भरी तोकिएको सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्युको आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।
कफ्र्युको आदेश जारी भएपछि सुरक्षाको कमाण्ड नेपाली सेनाले लिएको थियो । आम सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गर्दै कफ्र्युको केही खुकुलो पारिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
उनले बिहीबारको स्थितिको समिक्षा गर्दै शुक्रबार विहान कफ्र्युको सम्बन्धमा थप निर्णय गरिने उनले जानकारी दिए ।
कफ्र्युको आदेशजारी भएपछि दुई दिनदेखि सुनसान राजविराजमा नेपाली सेनाले सुरक्षाको कमाण्ड लिएदेखि जिल्लामा कुनै अप्रिय घट्ना भएको छैन् ।
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
सारांश
- जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार दिउँसो ३ः३० बजेदेखी अनिश्चितकालिन कफ्र्य आदेश जारि गरेको थियो ।
- जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले विहान १० बजेदेखि ५ बजे सम्म र बेलुका ७ बजेदेखि शुक्रबार विहान ६ बजे सम्मका लागि कफ्र्युको आदेश जारी गरेपछि राजविराजमा किनमेल गर्नेको चहलपहल बढेको हो ।
- जेनजी आन्दोलनकारीहरुले मंगलबार गरेको प्रदर्शनले उग्ररुप लिदै सरकारी कार्यालयहरुमा आगजनी गरेपछि सोही दिन दिउसो साढे ३ बजे जिल्ला प्रशासन कार्यालय सप्तरीले कफ्र्युको आदेश जारी गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया