दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
मधेश प्रदेशमा सन् २०२३ जनवरीदेखी २०२४ डिसेम्बरसम्मको दुई वर्षको अवधिमा ९ हजार १ सय ३३ वटा लैङ्गिक हिंसाका घटनाहरु प्रहरीमा दर्ता भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
लैङ्गिक हिंसा न्यूनिकरण गर्ने लक्ष्यका साथ महिला, बालबालिका तथा जेष्ठ मन्त्रालयद्वारा महिला समुत्थान परियोजना अन्तर्गत आईतवारदेखी राजविराजमा सुरु भएको ६ दिने लैङ्गिक उत्तरदायीत्व अनुसन्धान र संचारसीप तालिमको उदघाटन तथा लैङ्गिक हिंसा बिरुद्ध लेखिएको पुस्तक विमोचन कार्यक्रमका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहले विमोचन कार्यक्रमको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मधेश प्रदेशमा बढ्दो लैङ्गिक हिंसाका घटनाप्रति चिन्ता ब्यक्त गरे । मन्त्री साहले त्यस मध्ये ८० प्रतिशत घटना घरेलु हिंसाको रहेको बताउँदै यस्ता घटनाहरुको न्यूनिकरणका लागी विभिन्न प्रयासहरु थालिएको समेत बताए ।
लैङ्गिक हिंसा न्यूनिकरणका लागी जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको समेत सकृय भूमिका रहनु पर्ने बताउँदै मन्त्री साहले कार्यक्रममा सहभागी प्रहरी प्रशासनका उच्च अधिकारीलाइ आफ्ना मातहतका निकायमा यसबारे उचित निर्देशन दिन अनुरोध गरे ।
यसको निराकरणका लागी सबै तहका सरकार र नागरिक समाजले पनि भुमिका खेल्नु पर्ने उनको जोड थियो ।
मन्त्री साहले एशियाली विकास बैंकको अनुदान सहयोग तथा संघिय र ३ वटा प्रदेश सरकारको साझेदारीमा हाल मुलुकको तीन वटा प्रदेशमा प्रादेशिक पुर्नस्थापना केन्द्र निर्माण कार्य सूरु भइसकेको र यसले लैङ्गिक हिंसा पीडितको उचित व्यवस्थापनमा मदत पु¥याउने विश्वास ब्यक्त गरे ।
उनले बालबालिका, मानव वेचविखन र जेष्ठ नागरिक सम्बन्धि कानून संसोधन गरी समयानुकुल बनाउने तयारीमा जुटेको बताउँदै छरिएर रहेका कानुनलाई एकिकृत गर्दा यसले राम्रो परिणाम दिने विश्वास समेत ब्यक्त गरे ।
“परियोजना अन्र्तगत लैङ्गिकहिंसामा परेका पीडीत वा प्रभावित ब्यक्तीले राज्यको तर्फबाट पाउने संरक्षण, न्याय, पुर्नस्थापनाका सेवाहरुमा पहूच, पूर्नस्थापना केन्द्रहरुको निर्माण र सो कार्यमा खटिने प्रहरी तथा कर्मचारीको क्षमता विकास गर्ने लगायतका कार्यक्रमहरु समेटिएको छ, मन्त्री साहले भने–यो परियोजना मार्फत मुलुकको विभिन्न स्थानमा १५ वटा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको निर्माण कार्य समेत अघि बढाइएको छ ।”
६ दिन सम्म चल्ने उक्त तालिमले पीडितहरुको साथी बनेर उनीहरुको पीडा बुझ्न, न्याय दिन र ज्ञान सीप बढाउन मदत पु¥याउने विश्वास गरिएको छ ।
मधेश प्रदेशमा दुई वर्षमा ९ हजार भन्दा बढी लैङ्गिक हिंसाका घटना
सारांश
- लैङ्गिक हिंसा न्यूनिकरण गर्ने लक्ष्यका साथ महिला, बालबालिका तथा जेष्ठ मन्त्रालयद्वारा महिला समुत्थान परियोजना अन्तर्गत आईतवारदेखी राजविराजमा सुरु भएको ६ दिने लैङ्गिक उत्तरदायीत्व अनुसन्धान र संचारसीप तालिमको उदघाटन तथा लैङ्गिक हिंसा बिरुद्ध लेखिएको पुस्तक विमोचन कार्यक्रमका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
- महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहले विमोचन कार्यक्रमको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मधेश प्रदेशमा बढ्दो लैङ्गिक हिंसाका घटनाप्रति चिन्ता ब्यक्त गरे ।
- मन्त्री साहले त्यस मध्ये ८० प्रतिशत घटना घरेलु हिंसाको रहेको बताउँदै यस्ता घटनाहरुको न्यूनिकरणका लागी विभिन्न प्रयासहरु थालिएको समेत बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया