सप्तरीका क्रिकेटरहरु सम्मानित

राजविराज राजविराज
|
बुधबार, श्रावण ११, २०७९
|
|
२६ पटक हेरिएको
Shares
सप्तरीका क्रिकेटरहरु सम्मानित

सारांश

  •     यस्तै कार्यक्रममा हालै सम्पन्न सप्तरी अम्पाएर तथा स्कोरर संघका निर्वाचित पदाधिकारीहरुलाई समेत प्रमाण पत्रसहित सम्मान गरिएको छ ।
  •     कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, नेपाल क्रिकेट संघका प्रमुख छनौटकर्ता दिपेन्द्र चौधरी, सिटिजन ईन्टरनेश्नल बैंकका शाखा प्रबन्धक फिरोज अहमद, पत्रकार शौरव यादवलगायतको उपस्थिती रहेको थियो ।
  •       बालबालिका, महिला, युवा तथा खेलकुद मन्त्रालयसँगको साझेदारीमा तथा मधेश क्रिकेट संघको सहयोगमा सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रदेश स्तरी महेन्द्र नारायण निधी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले सिरहालाई ६ बिकेटले पराजित गर्दै उपाधी जितेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ११ साउन । 

    हालै राजबिराजमा सम्पन्न महेन्द्र नारायण निधी प्रदेश स्तरी क्रिकेट प्रतियोगिताका बिजेता सप्तरीका टोलीलाई बुधवार एक कार्यक्रमका बिच नगद तथा प्रमाणसहित सम्मान गरिएको छ ।     राजबिराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत परवीनको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा बिजेता टोलीका खेलाडीहरु महवुव आलम, बिवेक यादव, रोहन बिक, राहुल मण्डल, अभिशेक कार्कि, रोहित सिंह, अमित यादव, अनिल यादव, निरज यादव, राज बर्मा, धिरज मण्डल, बिशाल यादव, नितेश यादव, अजय यादव र टिम व्यवस्थापक आशिष सिंहलाई नगद १२ हजार ५ सय तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो । 
    यस्तै कार्यक्रममा हालै सम्पन्न सप्तरी अम्पाएर तथा स्कोरर संघका निर्वाचित पदाधिकारीहरुलाई समेत प्रमाण पत्रसहित सम्मान गरिएको छ ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, नेपाल क्रिकेट संघका प्रमुख छनौटकर्ता दिपेन्द्र चौधरी, सिटिजन ईन्टरनेश्नल बैंकका शाखा प्रबन्धक फिरोज अहमद, पत्रकार शौरव यादवलगायतको उपस्थिती रहेको थियो । 
    बालबालिका, महिला, युवा तथा खेलकुद मन्त्रालयसँगको साझेदारीमा तथा मधेश क्रिकेट संघको सहयोगमा सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रदेश स्तरी महेन्द्र नारायण निधी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले सिरहालाई ६ बिकेटले पराजित गर्दै उपाधी जितेको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ