संविधान दिवसमा लोसपाको बिरोध कायमै

राजविराज राजविराज
|
बुधबार, आश्विन ३, २०८०
|
|
२० पटक हेरिएको
Shares
संविधान दिवसमा लोसपाको बिरोध कायमै

सारांश

  •     स्थानीय पार्टी कार्यालयबाट हात र टाउकोमा कालो पट्टी बाँधेर निस्कीएको जुलुश संविधानमा देखिएको त्रुटी सच्याउन र संशोधनका माँग गर्दै बजार क्षेत्र परिक्रमा गरेको थियो ।
  •      लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अगुवाइमा निस्केको विरोध प्रर्दशनमा पार्टीका केन्द्रिय नेता जय प्रकाश ठाुकर, दिपेन्द्र चौधरी, गजेन्द्र कुमार मण्डल, अमरकान्त झा, पूर्वसांसद चन्द्रकान्त चौधरी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव, निवर्तमान उपप्रमुख साधना झा, महिला नेतृ रिना झा, प्रदेश कमिटी सदस्य ललन मिश्र, कुवँरनाथ मिश्र, युवा नेता राम सागर मण्डल लगायत ठुलो संख्यामा स्थानीय नेता कार्यकर्ताहरु सहभागि थिए ।
  •     २०७२ असोज ३ मा संविधान सभाबाट बहुमतका आधारमा संविधान जारी गर्दा तराई÷मधेशका अधिकाँश मुद्दा नसमेटिएको लोसपाका नेताहरुको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 

    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सप्तरीले असोज ३ लाई विगतका वर्ष झै यस वर्ष पनि कालो दिन भन्दै विरोध प्रर्दशन गरेको छ । 
    स्थानीय पार्टी कार्यालयबाट हात र टाउकोमा कालो पट्टी बाँधेर निस्कीएको जुलुश संविधानमा देखिएको त्रुटी सच्याउन र संशोधनका माँग गर्दै बजार क्षेत्र परिक्रमा गरेको थियो ।     लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अगुवाइमा निस्केको विरोध प्रर्दशनमा पार्टीका केन्द्रिय नेता जय प्रकाश ठाुकर, दिपेन्द्र चौधरी, गजेन्द्र कुमार मण्डल, अमरकान्त झा, पूर्वसांसद चन्द्रकान्त चौधरी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव, निवर्तमान उपप्रमुख साधना झा, महिला नेतृ रिना झा, प्रदेश कमिटी सदस्य ललन मिश्र, कुवँरनाथ मिश्र, युवा नेता राम सागर मण्डल लगायत ठुलो संख्यामा स्थानीय नेता कार्यकर्ताहरु सहभागि थिए ।
    २०७२ असोज ३ मा संविधान सभाबाट बहुमतका आधारमा संविधान जारी गर्दा तराई÷मधेशका अधिकाँश मुद्दा नसमेटिएको लोसपाका नेताहरुको भनाई छ । संविधान संशोधनका लागी दवाव दिने उद्देश्यले असोज ३ लाई कालो दिवसका रुपमा मनाउने गरिएको र संविधान संशोधन नगरिए सम्म भविष्यमा पनि यस्ता विरोध कार्यक्रमलाई निरन्तरता दिने लोसपाका जिल्ला अध्यक्ष झाले बताए । 
    यता संविधानको पुर्नलेखन नै हुनु पर्ने अडान राख्दै आएका मधेशको अर्काे शक्तीशाली दल जसपा भने मौन रह्यो । सदरमुकाम राजविराजमा सरकारीस्तरबाट गरीएको कार्यक्रममा समेत सहभागी नभएका जसपाका नेताहरु विरोधको पनि न त कुनै कार्यक्रम आयोजना गरे न त सहभागी भए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनलाईन ठगी गरेको आरोपमा ६ जना पक्राउ
अनलाईन ठगी गरेको आरोपमा ६ जना पक्राउ
राजपा निकट विद्यार्थी संघद्वारा सुनिता साहको रिहाईको माग
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
विगत ३३ दिनदेखि मिटरब्याजी  बिरुद्धको आन्दोलनलाई निरन्तरता 
विगत ३३ दिनदेखि मिटरब्याजी  बिरुद्धको आन्दोलनलाई निरन्तरता 
बिपद्को जोखिमलाई नक्साङ्कन,  पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड
बिपद्को जोखिमलाई नक्साङ्कन,  पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी 
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी 
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ
अटो रिक्साको ठक्करबाट एक  पैदलयात्रीको ज्यान गयो
अटो रिक्साको ठक्करबाट एक  पैदलयात्रीको ज्यान गयो