बैशाख २५ गतेदेखी सातै दिन विमान सेवा पुनः सूचारु हुने 

राजविराज राजविराज
|
आइतबार, बैशाख ८, २०७६
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  •     श्री एयरलायन्सका म्यानेजर सुरेश मल्लिकले विमानको ईन्जिन मर्मत गर्न बिमान युरोप पठाइएकोले गत चैत २० गतेबाट राजविराज बिमानस्थलबाट श्री एयरलायन्सले आप्mनौ नियमित सेवा बन्द गरिएको बताए ।
  •       जहाजको मर्मत कार्य सकिएलगत्तै पुनः विमान सेवा बैशाख २५ गतेदेखी सुरु हुने उनले बताउँदै हप्ताको सातै दिन श्री एयरलायन्सले आप्mनो उडान भर्ने तयारी भईरहेको जानकारी दिए ।
  • उनले भने, “बैशाख २५ गते अगावै पनि विमान सेवा सूचारु हुन सक्छ तर, बैशाख २५ गतेदेखी सेवा सूचारु हुन्छ ।

दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
    राजविराज विमानस्थल संचालनमा आएको १० महिना नबित्दै श्री एयरलायन्सको सेवा ठप्प भएपछि हवाई सेवा पुनः सूचारु हुने भएको छ । 
    श्री एयरलायन्सका म्यानेजर सुरेश मल्लिकले विमानको ईन्जिन मर्मत गर्न बिमान युरोप पठाइएकोले गत चैत २० गतेबाट राजविराज बिमानस्थलबाट श्री एयरलायन्सले आप्mनौ नियमित सेवा बन्द गरिएको बताए । 
    जहाजको मर्मत कार्य सकिएलगत्तै पुनः विमान सेवा बैशाख २५ गतेदेखी सुरु हुने उनले बताउँदै हप्ताको सातै दिन श्री एयरलायन्सले आप्mनो उडान भर्ने तयारी भईरहेको जानकारी दिए । उनले भने, “बैशाख २५ गते अगावै पनि विमान सेवा सूचारु हुन सक्छ तर, बैशाख २५ गतेदेखी सेवा सूचारु हुन्छ ।” 
    यता राजविराजस्थित विमानस्थलबाट विमान सेवा संचालनमा नआउदा सेवाग्राही मर्कामा परेका छन । गत असार १० गतेदेखि नियमित विमान सेवा थालिएको श्री एयरलायन्सले शुरुमा हप्ताको ५ दिन उडान भर्दै आएको थियो भने केही महिनामै प्राविधिक त्रुटि देखाउँदै हप्ताको ३ दिन मात्र उडान भर्न थालेको थियो । 
    लामो समयपछि राजविराज बिमानस्थलबाट श्री एयरलायन्सले आप्mनो सेवा दिदै आएको बेला यसरी नियमित उडानमा कटौती र एक्कासी बिमान सेवा नै बन्द गरेकोमा नगरवासीहरुले आपत्ति जनाएका छन् । हाल सप्तरीका जनता विमान चढ्न विगत झै बिराटनगर र जनकपुर जान बाध्य भएका छन् । 
    यसअघि सप्तरीवासीको आशाको रुपमा रहेको विमानस्थलको औपचारिक रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री स्व. रवीन्द्र अधिकारी, पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्रीसमेत रहेका सप्तरी क्षेत्र नम्बर २ का सांसद उपेन्द्र यादव, पूर्व मन्त्री एवम् राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवसहित विशिष्ट व्यक्तित्वहरुको टोलीद्वारा गत बर्ष २०७५ साल जेठ १० गते नवनिर्मित कालोपत्र रनवेको उद्घाटन गरेको थिए ।
    नागरिक उड्डयन मन्त्रालायद्धारा रु ३० करोड ३० लाखको लागतमा राजविराज विमानस्थल  निर्माण गरिएको थियो । सो क्रममा बिमानस्थलको  ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य सम्पन्न गरिएको थियो । वि.सं. २०१६ सालमा तत्कालीन मन्त्री स्व. गणेशमान सिंहद्वारा राजविराज विमान स्थलको शिलान्यास गरिएको थियो  ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी काँग्रेस सभापतिको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
सप्तरी काँग्रेस सभापतिको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली
दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
सांसद रेशम चौधरीको खुट्टामा नेल बाँधेर उपचार गरिँदै
सांसद रेशम चौधरीको खुट्टामा नेल बाँधेर उपचार गरिँदै
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले 
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले 
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा