गर्भवति महिला र उनकी तीन वर्षिया छोरी कोरोना मुक्त 

राजविराज राजविराज
|
मंगलबार, आषाढ ९, २०७७
|
|
२३ पटक हेरिएको
Shares
गर्भवति महिला र उनकी तीन वर्षिया छोरी कोरोना मुक्त 

सारांश

  •     कोरोना संक्रमित भई उपचार्थ राजविराजस्थित साइकृष्ण अस्पतालको आइसोलेशन कक्षमा भर्ना भएकी कोरोना संक्रमित भई गत जेठ १४ गते आइसोलेशन कक्षमा भर्ना भएकी थिइन् ।
  •       सप्तरीको बलानबिहुल गाउँपालिका वडा नं.
  • ५ रामनगरकी निर्मलादेवी यादव र उनको तीन वर्षिया छोरी अंजलीलाई गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा.

दैनिक समाचारदाता
राजविराज, ९ असार ।
    सप्तरीका एक गर्भवति महिला र उनकी तीन वर्षिया छोरीको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपछि मंगलबार उनीहरु डिस्चार्ज भएका छन् ।
    कोरोना संक्रमित भई उपचार्थ राजविराजस्थित साइकृष्ण अस्पतालको आइसोलेशन कक्षमा भर्ना भएकी कोरोना संक्रमित भई गत जेठ १४ गते आइसोलेशन कक्षमा भर्ना भएकी थिइन् । 
    सप्तरीको बलानबिहुल गाउँपालिका वडा नं. ५ रामनगरकी निर्मलादेवी यादव र उनको तीन वर्षिया छोरी अंजलीलाई गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झा लगायतले फुलमाला, अबिर लगाएर बिदाई गरे ।  
    अस्पतालका मेसु डा. झाले दुई पटक गरिएको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जानकारी दिँदै डिस्चार्ज भएकी अन्जलीकी आमा गर्भवति समेत रहेको जानकारी दिए । २७ दिन पछि कोरोनाबाट निको भई घर फर्किन लाग्दा निकै प्रसन्न देखिएकी आमाछोरीलाई बिदाई गर्दा अस्पतालका मेसु डा. झाले घरमा पनि आवश्यक सर्तकर्ता अपनाएर बस्न सल्लाह दिए ।
    आमाछोरी एक महिनाअघि भारतको हरियाणबाट घर फर्केकी थिइन् । उनलाई गाउँपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको तथा स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेशनमा पठाइएको बलानविहुल गाउँपालिका स्वास्थ्य चौकीका संयोजक मो. नसिम राइनले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?