दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
सप्तरीको दुई स्थानमा भएको मोटरसाइकल दुर्घटनामा एक बालिकासहित तीन जना घाइते भएका छन् ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुरा चौकस्थित मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छिन् ।
हनुमाननगरबाट रम्पुरातर्फ जादै गरेको प्र.१–२–०२–०५प०१३५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा स्थानिय ९ वर्षिया मनिसा कुमारी साह घाइते भएकी हुन् ।
प्रहरीका अनुसार ठक्करबाट मनिसाको टाउको, बाँया हात, दुबै खुट्टमा चोट र दुई वटा दात भाचेको छ । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा भर्ना गरिएको तथा मोटरसाइकललाई नियन्त्रणमा लिई फरार रहेका चालकको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ सुन्दरपुर पातो कठौना सडक खण्डमा मोटरसाइकलले ठक्कर दिदा एक साइकल यात्री र मोटरसाइकल चालक समेत घाइते भएका छन् ।
ब्रहम्पुरतर्फ जादै गरेको स.४प.६०६० नम्बरको मोटरसाइकलले सोही दिशा आउदै गरेको पदैल यात्रीलाई स्थानिय मुसहरी टोल निवासी ६० वर्षिय रामदेव सदालाई ठक्कर दिएको हो ।
प्रहरीका अनुसार ठक्करबाट सदाको दाहिने तिग्रा, दुबै हात र टाउकोमा चोट लागेको तथा मोटरसाइकल चालक डाक्नेश्वरी ७ ब्रहम्पुर निवासी ५० वर्षका बिजय मोहन चौधरीको दुबै घुडा र दूबै हातमा चोट लागेको छ ।
दुबैलाई उपचारका लागि उमाकान्त कल्पना मेमोरियल अस्पताल पातोमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट बालिकासहित तीन घाइते
सारांश
- जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुरा चौकस्थित मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छिन् ।
- हनुमाननगरबाट रम्पुरातर्फ जादै गरेको प्र.
- १–२–०२–०५प०१३५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा स्थानिय ९ वर्षिया मनिसा कुमारी साह घाइते भएकी हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया